News Portal

नागढुंगा सुरुङमार्ग पुसदेखि सञ्चालनमा, निर्माण कार्य अन्तिम चरणमा

३४२ पटक

काठमाडौं, असार ४ – नेपालको पहिलो सडक सुरुङमार्गको रूपमा चिनिएको नागढुंगा–सिस्ने खोला सुरुङमार्ग अब आगामी पुस महिनादेखि सञ्चालनमा ल्याइने भएको छ। लामो समयदेखि निर्माणधीन अवस्थामा रहेको यस सुरुङमार्गको काम अहिले अन्तिम चरणमा पुगेको छ।

निर्माण परियोजनाका सिनियर डिभिजनल इन्जिनियर सञ्जय पन्थीका अनुसार हालसम्म करिब ९० प्रतिशत काम सकिएको छ। ‘सुरुङ भित्रको काम लगभग पूरा भइसकेको छ,’ पन्थीले हिमाली सञ्चारसँग भने, ‘धादिङतर्फ सुरुङको मुखअघिल्तिर पहाड काट्ने र सुधार गर्ने काम भइरहेको छ भने काठमाडौंतर्फका भौतिक संरचनाहरू निर्माणाधीन अवस्थामा छन्।’

काठमाडौंबाट सुरुङमार्गमा प्रवेश गर्नका लागि बलम्बुस्थित किसिपिडीमा फ्लाइओभर निर्माण गरिएको छ। पन्थीका अनुसार फ्लाइओभरको काम पूरा भइसकेको छ। काठमाडौंबाट सुरुङतर्फ जाने सवारीसाधनले यही फ्लाइओभर प्रयोग गर्नेछन् भने धादिङबाट काठमाडौं फर्कने सवारीसाधनका लागि फ्लाइओभर मुन्तिर छुट्टै सडक बनाइएको छ। त्यस्तै, फ्लाइओभरबाट सुरुङसम्म पुग्ने २.६ किलोमिटर लामो दुई लेन सडकको काम पनि सकिएको छ।

२०७६ साल कात्तिक ४ गते सुरु गरिएको यो सुरुङमार्ग चार वर्षभित्र निर्माण सक्ने लक्ष्य थियो। तर, कोभिड महामारी र स्थानीयवासीको पटक–पटकको अवरोधका कारण काममा ढिलाइ भएको परियोजना कार्यालयको भनाइ छ। ‘अहिले भने कुनै अवरोध छैन, तीव्र गतिमा काम भइरहेको छ,’ पन्थीले बताए। आयोजनाले आउँदो दसैंभित्र सबै काम सक्ने गरी तयारी गरिरहेको छ।

सुरुङ सञ्चालनका लागि आवश्यक पर्ने ठेक्का प्रक्रिया पनि पुसभित्रै टुंग्याइने र त्यसपछि यो ऐतिहासिक सुरुङमार्गलाई पूर्ण रूपमा सञ्चालनमा ल्याइने जनाइएको छ।

नागढुंगा सुरुङमार्ग सञ्चालनमा आएपछि राजधानी छिर्ने सवारी आवागमन सहज हुने र यात्रुहरूलाई लामो जाम तथा जोखिमपूर्ण नागढुंगा उकालोबाट मुक्ति मिल्ने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल ३० गतेको राशिफल

आज पुष ३०, २०८२ (जनवरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरामा १४ औं महोत्सव सुरु, छात्रावास निर्माण र सेती संरक्षण मुख्य लक्ष्य

पोखरा, पुष २९ – युनाइटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव आजदेखि अमरसिंहचौरमा सुरु...

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...