News Portal

सिडिओ र सुरक्षा प्रमुखलाई २४ घण्टा कार्यालयमै बस्न गृह मन्त्रालयको निर्देशन

४२० पटक

काठमाडौ – लगातारको वर्षासँगै बढिरहेको बाढी, पहिरो र डुबानको जोखिमलाई ध्यानमा राख्दै गृह मन्त्रालयले प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) र सुरक्षा निकायका प्रमुखलाई २४ सै घण्टा कार्यालयमै उपलब्ध रहन निर्देशन दिएको छ।

मन्त्रालयले सबै जिल्लाका सिडिओलाई पठाएको पत्रमा विपद् व्यवस्थापनमा पूर्ण रूपमा जुट्न आह्वान गरिएको छ। साथै राजमार्गमा रोकिएका सवारीसाधनलाई सडक र मौसमको अवस्थाअनुसार सुरक्षित रूपमा गन्तव्यसम्म पुर्‍याउन सहजीकरण गर्न भनिएको छ।

यात्रुहरूलाई आवश्यक परेमा स्थानीय तह तथा संघसंस्थासँग समन्वय गरेर खानपानको व्यवस्था गर्न पनि निर्देशन गरिएको छ। त्यस्तै, राजमार्गमा रोकिएका एम्बुलेन्सलाई सहज आवागमन गर्न सहयोग गर्न र गर्भवती महिला अलपत्र परेको अवस्थामा नजिकको बर्थिङ सेन्टरसम्म पुर्‍याउने व्यवस्था मिलाउन आग्रह गरिएको छ।

गृह मन्त्रालयले जोखिमपूर्ण स्थानमा बसोबास गर्ने परिवारलाई स्थानीय पालिकासँग समन्वय गरी विद्यालय वा खुला स्थानमा अस्थायी रूपमा सुरक्षित स्थानान्तरण गर्न पनि निर्देशन दिएको छ।

प्रतिकृया दिनुहोस्

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...