News Portal

गृहपृष्ठ # भारत

कश्मिरको आतङ्ककारी हमलामा परि बुटवलका युवाको निधन, शव आजै नेपाल ल्याइँदै

काठमाडौं, वैशाख १० – जम्मू–कश्मिरमा भएको आतङ्ककारी आक्रमणमा परी एक नेपाली नागरिकले ज्यान गुमाएका छन्। बुटवल उपमहानगरपालिका–१४ बेलबरियाका २८ वर्षीय सुदीप न्यौपानेको पहलगाममा भएको घटनामा निधन भएको पुष्टि भएको छ। सुदीप शनिबारमात्रै आमा रिमा पाण्डे,...बाँकी

भारतबाट पक्राउ परेका दुर्गा प्रसाईं झापा ल्याइए, अब काठमाडौं ल्याइने तयारीमा

काठमाडौं, चैत्र २९ – राजावादी आन्दोलनका अगुवा दुर्गा प्रसाईंलाई नेपाल प्रहरीले भारतको आसाम राज्यबाट पक्राउ गरी शुक्रबार बिहान झापा ल्याएको छ। काँकडभिट्टा नाकामार्फत नेपाल प्रवेश गराइएका प्रसाईंलाई विशेष सुरक्षा व्यवस्थाबीच नेपाल प्रहरीले झापा पुर्‍याएको हो।...बाँकी

पश्चिम बंगालमा ग्यास सिलिण्डर विस्फोट हुँदा ७ जनाको मृत्यु भएको छ।

भारत, चैत्र १९ – पश्चिम बंगालस्थित दक्षिण २४ परगना जिल्लाको पाथरप्रतिमामा ग्यास सिलिण्डर विस्फोट हुँदा ७ जनाले ज्यान गुमाएका छन्। बिबिसीका अनुसार विस्फोटका कारण चार बालबालिका र दुई महिलाको घटनास्थलमै मृत्यु भएको छ। सुन्दरवनका एसपी...बाँकी

महाकुम्भकी भाइरल मोनालिसालाई फिल्म अफर गर्ने निर्देशक बलात्कार आरोपमा पक्राउ

नयाँ दिल्ली, भारत – महाकुम्भ मेलामा भाइरल भएकी युवती मोनालिसालाई फिल्म अफर गरेका भारतीय निर्देशक सनोज मिश्र बलात्कार आरोपमा पक्राउ परेका छन्। दिल्ली प्रहरीले उनलाई हिरासतमा लिएको हो भने उच्च अदालतले जमानत निवेदन अस्वीकार गरेको...बाँकी

आकाशमै टायर पड्किएपछि स्पाइसजेट विमानको आकस्मिक अवतरण

नयाँ दिल्ली — भारतमा स्पाइसजेटको एउटा विमान आकस्मिक अवतरण गर्न बाध्य भएको छ। जयपुरबाट चेन्नई गइरहेको उक्त विमानको टायर आकाशमै पड्किएपछि पाइलटले तत्काल सावधानी अपनाउँदै आकस्मिक अवतरणको निर्णय लिएका थिए। घटना आइतबार बिहान करिब ५:४६...बाँकी

ओडिसामा वृद्धाले नातीलाई २०० रूपैयाँमा बेच्ने चकित पार्ने घटना

ओडिसा, चैत्र ११ – भारतको ओडिसामा एक शोकप्रद र चकित पार्ने घटना सार्वजनिक भएको छ, जहाँ एक ६५ वर्षीया वृद्धाले आफ्नै ७ वर्षीया नातीलाई मात्र २०० रूपैयाँमा बेचिदिइन्। ओडिसाको बादलिया गाउँमा बसोबास गर्ने मन्द सोरेन...बाँकी

नेपाल आज माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दै

काठमाडौं, फागुन १२ – भारतको नयाँ दिल्लीमा जारी साबा वुमन्स बास्केटबल च्याम्पियनसिप अन्तर्गत सोमबार नेपालले आफ्नो दोस्रो खेलमा माल्दिभ्सको सामना गर्नेछ। केडी जादभ स्टेडियममा हुने खेल नेपाली समयअनुसार साँझ ६:१५ बजे सुरु हुनेछ। यसअघि प्रतियोगिताको...बाँकी

अछाममा १२ वर्षीया बालिकाको स्वास्थ्य समस्या पछाडि बलात्कार घटनाको पर्दाफास

अछाम, फागुन ११ – अछामका एक १२ वर्षीया बालिका अस्पतालमा उपचारका लागि जाँदा गर्भवती भएको पत्ता लागेपछि बलात्कारको घटना बाहिर आएको छ। जिल्ला प्रहरी कार्यालय अछामका डिएसपी इश्वरीप्रसाद भण्डारीका अनुसार, चार-पाँच महिना अघि भएको यो...बाँकी

भारतमा एउटा सानो केराउको दानाले लियो बालकको ज्यान

झारखण्ड, भारत – झारखण्ड राज्यको कैरो थाना क्षेत्रअन्तर्गत गुडी करंज टोलमा बस्ने कृषक खुदी उरांवका डेढ वर्षीय छोरा शिवम उरांवको निधन भएको छ। बालकको ज्यान केराउको एउटा सानो दानाले लिएको बताइएको छ। बिहीबार खुदी उरांव...बाँकी

प्रकृति लम्सालको अन्त्येष्टि रुपन्देहीमा सम्पन्न

८ फागुन, काठमाडौं । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा मृत्यु भएकी नेपाली विद्यार्थी प्रकृति लम्सालको अन्त्येष्टि गृहजिल्ला रुपन्देहीमा गरिएको छ। गत राति सिद्धार्थनगर नगरपालिका–८, बैंकरोड कोलोनीमा ल्याइएको उनको पार्थिव शरीर बिहीबार...बाँकी