News Portal

अछाममा १२ वर्षीया बालिकाको स्वास्थ्य समस्या पछाडि बलात्कार घटनाको पर्दाफास

अछाममा १२ वर्षीया बालिकाको स्वास्थ्य समस्या देखेपछि बलात्कार घटनाको पर्दाफास भएको छ।

संगीता गुरुङ
२०६ पटक

अछाम, फागुन ११ – अछामका एक १२ वर्षीया बालिका अस्पतालमा उपचारका लागि जाँदा गर्भवती भएको पत्ता लागेपछि बलात्कारको घटना बाहिर आएको छ। जिल्ला प्रहरी कार्यालय अछामका डिएसपी इश्वरीप्रसाद भण्डारीका अनुसार, चार-पाँच महिना अघि भएको यो घटना अब सार्वजनिक भएको हो।

बालिकाको परिवारले फागुन ४ गते प्रहरीमा जाहेरी दिएका थिए। पीडितको परिवार केही महिना अघि भारतबाट नेपाल फर्केका थिए र भारतमै आफन्तले उनलाई बलात्कार गरेको आरोप लागेको छ।

घटनास्थल भारतमा भएकाले आरोपितको खोजी गर्न भारतीय प्रहरीसँग समन्वय भइरहेको डिएसपी भण्डारीले जानकारी दिएका छन्। पीडितलाई उपचारका लागि धनगढी पठाइएको छ। प्रहरी अहिले घटनाको विस्तृत अनुसन्धान गर्दैछन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...