News Portal

भारतबाट पक्राउ परेका दुर्गा प्रसाईं झापा ल्याइए, अब काठमाडौं ल्याइने तयारीमा

राजावादी आन्दोलनका अगुवा दुर्गा प्रसाईंलाई नेपाल प्रहरीले भारतको आसाम राज्यबाट पक्राउ गरी शुक्रबार बिहान झापा ल्याएको छ।

संगीता गुरुङ
२०५ पटक

काठमाडौं, चैत्र २९ – राजावादी आन्दोलनका अगुवा दुर्गा प्रसाईंलाई नेपाल प्रहरीले भारतको आसाम राज्यबाट पक्राउ गरी शुक्रबार बिहान झापा ल्याएको छ। काँकडभिट्टा नाकामार्फत नेपाल प्रवेश गराइएका प्रसाईंलाई विशेष सुरक्षा व्यवस्थाबीच नेपाल प्रहरीले झापा पुर्‍याएको हो।

प्रहरी स्रोतका अनुसार, उनलाई अब जहाजमार्फत काठमाडौं ल्याउने तयारी भइरहेको छ। पक्राउ प्रक्रिया पूरा गर्न प्रहरीको विशेष ब्यूरो र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोली भारत गएको थियो। सो टोलीले बिहीबार प्रसाईंलाई नियन्त्रणमा लिएको हो।

१५ चैत्रमा काठमाडौंको तीनकुनेमा भएको राजावादी आन्दोलनमा प्रसाईंले प्रमुख भूमिका निर्वाह गरेका थिए। सो आन्दोलन हिंसात्मक बन्दै जाँदा दुई जनाको मृत्यु भएको थियो। घटनापछि फरार रहेका उनी भारततर्फ भागेका थिए।

हाल उनी प्रहरी निगरानीमा रहेका छन् र काठमाडौं ल्याएर थप अनुसन्धान प्रक्रिया अघि बढाइने बताइएको छ।

 

प्रतिकृया दिनुहोस्

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न...

२ हप्ताभित्र महानगर प्रमुखको जिम्मेवारी छोड्ने तयारीमा बालेन

काठमाडौँ, पुष १३ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले करिब दुई हप्ताभित्र पदबाट...

हर्क साम्पाङः श्रम संस्कृति पार्टी कसैसँग एकता गर्दैन

काठमाडौं, पुस १३ – श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो...

धादिङ कलेरीमा माघे संक्रान्ती–२०८२: मगर संस्कृति र परम्पराको उत्सव

धादिङ – मगर भाषा, संस्कृति तथा परम्परागत पहिचानको जगेर्ना र संरक्षण गर्ने उद्देश्यले माघे संक्रान्ती–२०८२...

रवि–बालेन एकता सहमति-घण्टी प्रतीकमा नयाँ राजनीतिक यात्राको घोषणा

काठमाडौँ – नेपालमा वैकल्पिक राजनीतिक शक्ति निर्माणको उद्देश्यसहित रवि लामिछाने र बालेन्द्र शाह (बालेन) बीच...