News Portal

कश्मिरको आतङ्ककारी हमलामा परि बुटवलका युवाको निधन, शव आजै नेपाल ल्याइँदै

हिमालीसंचार संवाददाता
२०८ पटक

काठमाडौं, वैशाख १० – जम्मू–कश्मिरमा भएको आतङ्ककारी आक्रमणमा परी एक नेपाली नागरिकले ज्यान गुमाएका छन्। बुटवल उपमहानगरपालिका–१४ बेलबरियाका २८ वर्षीय सुदीप न्यौपानेको पहलगाममा भएको घटनामा निधन भएको पुष्टि भएको छ।

सुदीप शनिबारमात्रै आमा रिमा पाण्डे, बहिनी सुष्मा न्यौपाने र ज्वाइँ उज्ज्वल काफ्लेसँग कश्मिर घुम्न गएका थिए। उनीहरू परिवारिक भ्रमणमा निस्किएका बेला मंगलबार बन्दूकधारी समूहको आक्रमणमा परेका हुन्।

सुदीपका काका तथा वडाध्यक्ष दधिराम न्यौपानेका अनुसार, हमलापछि सुदीपको घटनास्थलमै मृत्यु भएको थियो। “उनीहरू बाटोमा हिँडिरहेका बेला बन्दूकधारीहरूले ‘तिम्रो नाम के हो, धर्म के हो’ भनेर सोधेका थिए र त्यसपछि सिधै गोली हाने,” वडाध्यक्ष न्यौपानेले जानकारी दिए।

सुदीप धरानस्थित एक शिक्षण संस्थामा पब्लिक हेल्थ विषयमा अध्ययनरत थिए। उनी परिवारका एकमात्र छोरा थिए। छोरा गुमाएपछि उनका बुवा अहिले मानसिक तनावमा रहेका छन्।

सुदीपको शव आजै कश्मिरबाट दिल्ली हुँदै काठमाडौं ल्याउने तयारी भइरहेको काका दधिरामले बताए। “म अहिले काठमाडौं आइपुगेको छु। कश्मिरबाट १२ बजे उडान हुने भनिएको छ,” उनले हिमाली सञ्चारसँगको कुराकानीमा बताए।

हमलामा परेका सुदीपसँगै रहेका आमा, बहिनी र ज्वाइँ भने सकुशल छन्।

न्यौपाने परिवारमाथि परेको यस पीडादायी घटनाले बुटवलमा शोकको छायाँ फैलिएको छ। स्थानीय समाजसेवी देविराम मरासिनीले यस घटनाप्रति दुःख व्यक्त गर्दै मृत आत्माको चिर शान्तिको कामना गरेका छन्।

सरकारले घटनाबारे अहिलेसम्म औपचारिक धारणा सार्वजनिक गरिसकेको छैन, तर विदेशमा रहेका नेपाली नागरिकको सुरक्षाबारे चासो थपिएको छ।

प्रतिकृया दिनुहोस्

गगनकुमार थापाले भने आधिकारिक कांग्रेस हामी हाै

काठमाडौं – नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले पार्टीको...

कांग्रेस सहमहामन्त्री मन्सुर पाँच वर्षका लागि निष्काशित

काठमाडौं, ३० पुष – नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्ला मन्सुरलाई पार्टीले पाँच वर्षका लागि निष्काशन गरेको...

आज २०८२ साल ३० गतेको राशिफल

आज पुष ३०, २०८२ (जनवरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरामा १४ औं महोत्सव सुरु, छात्रावास निर्माण र सेती संरक्षण मुख्य लक्ष्य

पोखरा, पुष २९ – युनाइटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव आजदेखि अमरसिंहचौरमा सुरु...

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...