News Portal

भारतमा एउटा सानो केराउको दानाले लियो बालकको ज्यान

झारखण्ड राज्यको कैरो थाना क्षेत्रअन्तर्गत गुडी करंज टोलमा केराउको एउटा सानो दानाले बालकको लिएको छ।

संगीता गुरुङ
२५५ पटक

झारखण्ड, भारत – झारखण्ड राज्यको कैरो थाना क्षेत्रअन्तर्गत गुडी करंज टोलमा बस्ने कृषक खुदी उरांवका डेढ वर्षीय छोरा शिवम उरांवको निधन भएको छ। बालकको ज्यान केराउको एउटा सानो दानाले लिएको बताइएको छ।

बिहीबार खुदी उरांव आफ्नो परिवारसँगै बारीमा काम गर्दै थिए। सानो शिवमलाई भुल्याउनका लागि घरपरिवारले बारीमा फलेको केराउ दिएका थिए। खेल्ने क्रममा बालकले केराउको कोसाबाट एउटा दाना निकालेर निल्न खोज्दा अचानक उनको श्वास नलीमा अड्कियो।

अवस्था गम्भीर बनेपछि परिवारले तत्काल अस्पताल पुर्‍याए। तर, चिकित्सकले शिवमलाई मृत घोषित गरे। चिकित्सकका अनुसार श्वास नली अवरुद्ध हुँदा दम घुटिएर बालकको मृत्यु भएको हो।

यस दुःखद घटनाले साना बालबालिकाको खानपानमा विशेष ध्यान दिनुपर्ने आवश्यकता पुनः उजागर गरेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...