News Portal

प्रकृति लम्सालको अन्त्येष्टि रुपन्देहीमा सम्पन्न

भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा मृत्यु भएकी नेपाली विद्यार्थी प्रकृति लम्सालको अन्त्येष्टि गृहजिल्ला रुपन्देहीमा गरिएको छ।

संगीता गुरुङ
२८५ पटक

८ फागुन, काठमाडौं । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा मृत्यु भएकी नेपाली विद्यार्थी प्रकृति लम्सालको अन्त्येष्टि गृहजिल्ला रुपन्देहीमा गरिएको छ।

गत राति सिद्धार्थनगर नगरपालिका–८, बैंकरोड कोलोनीमा ल्याइएको उनको पार्थिव शरीर बिहीबार बिहान ४ बजे स्वर्गद्वारीघाटमा अन्त्येष्टि गरिएको थियो। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी सुरज कार्कीका अनुसार अन्त्येष्टि शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ।

प्रकृतिको शव ओडिसाबाट गोरखपुरसम्म हवाईजहाज मार्फत ल्याइयो भने त्यसपछि गाडीमा गृहजिल्ला पुर्‍याइएको थियो। २१ वर्षीया लम्साल आइतबार होस्टल कोठामा झुण्डिएको अवस्थामा भेटिएकी थिइन्।

भारतीय सञ्चारमाध्यमका अनुसार, सोही कलेजका विद्यार्थी अड्विक श्रीवास्तवबाट मानसिक यातना सहनु परेपछि उक्त घटनामा संलग्नता रहेको आशंका गरिएको छ। आफन्तहरुले प्रमाणसहित उजुरी दिए पनि कलेज प्रशासनले कुनै कदम नचालेको गुनासो गरिएको छ।

प्रकृतिको असामयिक निधनले नेपाली विद्यार्थीमाझ असन्तोष फैलिएको थियो। उनीहरुले न्यायको माग गर्दै प्रदर्शन गरेपछि कलेज प्रशासनले माफी माग्दै नेपाली विद्यार्थीलाई फर्किएर अध्ययन गर्न आग्रह गरेको छ। साथै, नेपाली विद्यार्थीहरुको सुरक्षाका लागि सहायता केन्द्र (हेल्पडेस्क) स्थापना गरिएको छ।

नेपाल सरकारको कूटनीतिक प्रयासपछि केही सहजता आए पनि अध्ययनका लागि फर्किएका विद्यार्थीहरु अझै असुरक्षित महसुस गरिरहेको बताएका छन्।

यस घटनाले विदेशी विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुको सुरक्षाबारे गम्भीर चिन्ता व्यक्त गर्नुपर्ने अवस्था सिर्जना गरेको हिमाली सञ्चार टिमले जनाएको छ।

प्रतिकृया दिनुहोस्

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

दुर्गा रेग्मीको पार्थिव शरीरको अन्त्येष्टि सम्पन्न, परिवारप्रति पार्टीको दायित्व के?

मोरङ, फागुन २५ – मोरङको रङ्गेली नगरपालिका वडा नं. ९ निवासी दुर्गा रेग्मीको आज हिन्दु...