News Portal

  • प्रकृति लम्सालको अन्त्येष्टि रुपन्देहीमा सम्पन्न

    भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा मृत्यु भएकी नेपाली विद्यार्थी प्रकृति लम्सालको अन्त्येष्टि गृहजिल्ला रुपन्देहीमा गरिएको छ।

    संगीता गुरुङ
    २१७ पटक

    ८ फागुन, काठमाडौं । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा मृत्यु भएकी नेपाली विद्यार्थी प्रकृति लम्सालको अन्त्येष्टि गृहजिल्ला रुपन्देहीमा गरिएको छ।

    गत राति सिद्धार्थनगर नगरपालिका–८, बैंकरोड कोलोनीमा ल्याइएको उनको पार्थिव शरीर बिहीबार बिहान ४ बजे स्वर्गद्वारीघाटमा अन्त्येष्टि गरिएको थियो। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी सुरज कार्कीका अनुसार अन्त्येष्टि शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ।

    प्रकृतिको शव ओडिसाबाट गोरखपुरसम्म हवाईजहाज मार्फत ल्याइयो भने त्यसपछि गाडीमा गृहजिल्ला पुर्‍याइएको थियो। २१ वर्षीया लम्साल आइतबार होस्टल कोठामा झुण्डिएको अवस्थामा भेटिएकी थिइन्।

    भारतीय सञ्चारमाध्यमका अनुसार, सोही कलेजका विद्यार्थी अड्विक श्रीवास्तवबाट मानसिक यातना सहनु परेपछि उक्त घटनामा संलग्नता रहेको आशंका गरिएको छ। आफन्तहरुले प्रमाणसहित उजुरी दिए पनि कलेज प्रशासनले कुनै कदम नचालेको गुनासो गरिएको छ।

    प्रकृतिको असामयिक निधनले नेपाली विद्यार्थीमाझ असन्तोष फैलिएको थियो। उनीहरुले न्यायको माग गर्दै प्रदर्शन गरेपछि कलेज प्रशासनले माफी माग्दै नेपाली विद्यार्थीलाई फर्किएर अध्ययन गर्न आग्रह गरेको छ। साथै, नेपाली विद्यार्थीहरुको सुरक्षाका लागि सहायता केन्द्र (हेल्पडेस्क) स्थापना गरिएको छ।

    नेपाल सरकारको कूटनीतिक प्रयासपछि केही सहजता आए पनि अध्ययनका लागि फर्किएका विद्यार्थीहरु अझै असुरक्षित महसुस गरिरहेको बताएका छन्।

    यस घटनाले विदेशी विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुको सुरक्षाबारे गम्भीर चिन्ता व्यक्त गर्नुपर्ने अवस्था सिर्जना गरेको हिमाली सञ्चार टिमले जनाएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    धादिङका एलिजर तामाङ फागुन २१ को संघीय चुनावमा उम्मेदवार दिने

    धादिङ – धादिङ जिल्ला गङ्गा जमुना गाउँपालिका–१ निवासी समाजसेवी एलिजर तामाङले आगामी फागुन २१ गते...

    आज २०८२ साल मंसिर २४ गतेको राशिफल

    आज मंसिर २४, २०८२ (डिसेम्बर १०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    एसवाई प्यानल नेप्सेमा सूचीकृत, कारोबार बुधबारदेखि सुरु हुने

    काठमाडौं, २३ मंसिर – नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा नयाँ कम्पनी एसवाई प्यानलको सेयर सूचीकृत भएको...

    प्रचण्डद्वारा उच्च पदस्थको सम्पत्ति छानबिनको माग दोहोर्याइयो

    काठमाडौं, २३ मंसिर – नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०४६ पछि उच्च पदमा पुगेका सबै व्यक्तिहरूको...

    राजा र नयाँ समझदारीका लागि राप्रपाको प्रदर्शन

    काठमाडौं, २३ मंसिर – राजा, राजनीतिक दल र जेनजीबीच नयाँ समझदारी निर्माण गर्न दबाब दिने...