News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ Flash News, पत्रपत्रिका, समाचार, समाज

    इन्टरपोलको महासभामा भाग लिन प्रहरी महानिरीक्षक कुँवर बेलायत प्रस्थान

    काठमाडौं। सोमबारदेखि आगामी बिहीबारसम्म संयुक्त अधिराज्यको ग्लास्गोमा आयोजना हुने अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल)को ९२औँ महासभामा भागलिन प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर ३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार बिहान त्यसतर्फ प्रस्थान गरेका छन्। इन्टरपोलका १ सय ९६...बाँकी

    सलमानको घरमा गोली प्रहार प्रकरणमा लरेन्सका भाइ अनमोललाई अमेरिकाबाट फिर्ता ल्याउने प्रक्रिया सुरु

    लरेन्स बिश्नोई र उनका भाइ अनमोल। तस्बिर: एएनआई। एजेन्सी। भारतस्थित मुम्बई प्रहरीको अपराध शाखाले गुन्डा नाइके लरेन्स बिश्नोईका भाइ अनमोललाई अमेरिकाबाट भारत ल्याउने प्रक्रिया सुरु गरेको छ। बलिउड अभिनेता सलमान खानको घरबाहिर गोली हानिएको प्रकरणमा...बाँकी

    सगरमाथा क्षेत्रमा घाइते भएका जापानिज पर्यटकको उद्धार

    सोलुखुम्बु। विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रबाट घाइते अवस्थामा एक विदेशी पर्यटकको उद्धार भएको छ। सोलुखुम्बुको पासाङ ल्हामु गाउँपालिका–४ खुमबालामा लडेर घाइते भएका जापानिज नागरिक ५८ वर्षीय मिट्सुगु शिशिडोको उद्धार गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको...बाँकी

    लेबनानको बालबेकमा भएको इजरायली हमलामा ११ जनाको मृत्यु, १४ जना घाईते

    एजेन्सी। पूर्वी लेबनानको बालबेक र वरपरका सहरहरूमा भएको इजरायली हमलामा परी ११ जनाको मृत्यु हनुको साथै १४ जना घाईते भएको लेबनानको राष्ट्रिय समाचार एजेन्सीले बिहिबार जनाएको छ। एजेन्सीका अनुसार बालबेक जिल्लाको बुडे गाउँको एउटा घरमा...बाँकी

    भारू १०० रूपैयाँका लागि १६६ रूपैयाँ तिर्छन् सीमावारीका नेपालीहरू

    महोत्तरी। तिहार र छठका लागि जिल्लाको सीमापारि बजारमा सामान ल्याउन जाने नेपालीहरूले १०० भारतीय रूपैयाँका लागि १६६ रूपैयाँ तिर्दै आएको पाइएको छ। नेपाली ग्राहकसँग भारतीय रुपैयाँ नरहेका कारण भारतीय बजारमा मालवस्तु खरिद गर्दा सयकडा ६...बाँकी

    पर्वतको नागढुंगा सहकारीको ५ करोड हिनामिना, कोषाध्यक्ष पक्राउ

    पर्वत। पर्वतको फलेवास नगरपालिका-१ कार्किनेटामा सञ्चालित नागढुंगा बचत तथा ऋण सहकारी संस्थाको झण्डै ५ करोड रुपैयाँ हिनामिना भएको छ। ग्रामीण क्षेत्रका नागरिकले सहकारीमा बचत गरेको ४ करोड ८० लाख रुपैयाँ हिनामिना भएको हो। रकम हिनामिना...बाँकी

    फुकुवा भयो भैरहवामा धेरै उडान गर्ने शर्तमा थाई एयर एसियाको उडान

    काठमाडौं। काठमाडौंको तुलनामा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट धेरै उडान गर्ने सर्तमा थाई एयर एसियाको उडान फुकुवा गरिएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले आफ्नो उडान अनुमति सकिएको अवस्थामा जबर्जस्ती जहाज नेपाल ल्याएर आएसँगै सो कम्पनीलाई थप...बाँकी

    इतिहासमै पहिलोपटक हिन्दु पर्व दीपावली मनाउन न्युयोर्कका विद्यालयमा बिदा

    न्यूयोर्क, अमेरिका। इतिहासमै पहिलोपटक हिन्दु पर्व दीपावली मनाउन न्युयोर्क सहरका विद्यालय नोभेम्बर १ मा बन्द गरिने भएका छन्। ‘यस वर्षको दीपावली विशेष छ। न्युयोर्क सहरको इतिहासमा पहिलोपटक दीपावली पर्वका लागि नोभेम्बर १ शुक्रबारका दिन विद्यालय...बाँकी

    सशस्त्र प्रहरीका जवानले गरे आत्महत्या

    दाङ। बालिकामाथि यौनजन्य व्यवहार गरेको आरोपमा पक्राउ परेका एक जना सशस्त्र प्रहरीका जवान प्रहरी हिरासतमा मृत फेला परेका छन्। दाङको राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङस्थित २९ नम्बर ज्वालामाई गणमा कार्यरत सशस्त्र प्रहरी जवान रेवन...बाँकी

    असइ र इन्स्पेक्टरमा किन पर्‍यो न्यून आवेदन ?

    काठमाडौं। नेपाल प्रहरीका लागि यस वर्ष निरीक्षक (इन्स्पेक्टर) र सहायक निरीक्षक (असइ) भर्ना गर्दा न्यून संख्यामा आवेदन परेका छन्। ६४ जना इन्स्पेक्टरको माग पूरा गर्नका लागि जम्मा २ हजार ३०५ आवेदन परेको छ भने २५६...बाँकी