News Portal

हिन्दूमाथि बंगलादेशमा अत्याचार: धार्मिक नेता पक्राउ, हिन्दू संस्थालाई प्रतिबन्ध लगाउन प्रदर्शन

हिमालीसंचार संवाददाता
२९२ पटक

ढाका। बंगलादेशमा हिन्दूहरुमाथि अत्याचार बढ्दै गएको छ। चटगाउँमा इस्कॉनसँग सम्बद्ध अर्का धार्मिक नेता श्याम दास प्रभुलाई पक्राउ गरिएको छ।

समाचार अनुसार श्यामदास प्रभु चिन्मय प्रभुलाई भेट्न जेल गएको बेलामा उनलाई बिना वारेन्ट पक्राउ गरिएको हो।

इस्कॉन कोलकाताका उपाध्यक्ष र प्रवक्ता राधारमण दासले शुक्रबार श्याम प्रभुको गिरफ्तारीको बारेमा जानकारी दिएका छन्। तर बंगलादेशी मिडियामा यसबारे कुनै समाचार आएको छैन।

जसका कारण अन्योलको अवस्था छन। अर्कोतर्फ ढाका उच्च अदालतले इस्कॉनलाई प्रतिबन्ध लगाउन अस्वीकार गरेपछि बंगलादेशमा कट्टरपन्थी समूहहरूले ठूलो हंगामा मच्चाएका छन्।

गत शुक्रबारको नमाजपछि लाखौं मुस्लिमहरूले देशभरका मस्जिदहरूमा प्रदर्शन गरेका थिए। राजधानी ढाका र चटगाउँमा सबैभन्दा ठूलो प्रदर्शन भएको थियो।

प्रदर्शनकारीहरूले इस्कॉनलाई ‘हिन्दू चरमपन्थी संगठन’ र ‘कट्टरपन्थी र राष्ट्र विरोधी समूहु भनेका छन् र संस्थामाथि तत्काल प्रतिबन्ध लगाउन मागसमेत गरेका छन्।

यी र्‍यालीहरूमा कट्टरपन्थी संगठन हेफाजत ए इस्लाम, खिलाफत मजलिस र इस्लामिक आन्दोलनलगायत धेरै धार्मिक संगठनहरू र राजनीतिक दलहरूले भाग लिएका थिए।

प्रतिकृया दिनुहोस्

कुलमान घिसिङ काठमाडौँ–३ बाट प्रतिनिधिसभा चुनावमा उठ्ने तयारीमा

काठमाडौं, २३ पुष – ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्रालयसहित तीन मन्त्रालयको जिम्मेवारी सम्हालेका नागरिक...

ज्ञानेन्द्र शाही रास्वपामा प्रवेशको तयारीमा, बालेनसँगको भेटपछि असन्तोष

काठमाडौं, २३ पुष – राप्रपा प्रवक्ता एवं पूर्वसांसद ज्ञानेन्द्र शाही रास्वपाका नेताहरूसँग लगातार भेटघाट गर्दै...

आज २०८२ साल पुष २३ गतेको राशिफल

आज पुष २३, २०८२ (जनवरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

फौजदारी अदालतले दुई भारतीय लागूऔषध तस्करलाई मृत्युदण्डको सजाय

कुवेत– फौजदारी अदालतले दुई भारतीय लागूऔषध तस्करलाई १४ किलोग्राम हेरोइन र ८ किलोग्राम शाबुसहित पक्राउ...

गैरीगाउँस्थित काठ गोदाममा आगलागी

काठमाडौं, २२ पुस – काठमाडौंको गैरीगाउँ क्षेत्रमा मंगलबार एक काठको गोदाममा आगो लागेको छ। आगो...