News Portal

हिन्दूमाथि बंगलादेशमा अत्याचार: धार्मिक नेता पक्राउ, हिन्दू संस्थालाई प्रतिबन्ध लगाउन प्रदर्शन

हिमालीसंचार संवाददाता
३४६ पटक

ढाका। बंगलादेशमा हिन्दूहरुमाथि अत्याचार बढ्दै गएको छ। चटगाउँमा इस्कॉनसँग सम्बद्ध अर्का धार्मिक नेता श्याम दास प्रभुलाई पक्राउ गरिएको छ।

समाचार अनुसार श्यामदास प्रभु चिन्मय प्रभुलाई भेट्न जेल गएको बेलामा उनलाई बिना वारेन्ट पक्राउ गरिएको हो।

इस्कॉन कोलकाताका उपाध्यक्ष र प्रवक्ता राधारमण दासले शुक्रबार श्याम प्रभुको गिरफ्तारीको बारेमा जानकारी दिएका छन्। तर बंगलादेशी मिडियामा यसबारे कुनै समाचार आएको छैन।

जसका कारण अन्योलको अवस्था छन। अर्कोतर्फ ढाका उच्च अदालतले इस्कॉनलाई प्रतिबन्ध लगाउन अस्वीकार गरेपछि बंगलादेशमा कट्टरपन्थी समूहहरूले ठूलो हंगामा मच्चाएका छन्।

गत शुक्रबारको नमाजपछि लाखौं मुस्लिमहरूले देशभरका मस्जिदहरूमा प्रदर्शन गरेका थिए। राजधानी ढाका र चटगाउँमा सबैभन्दा ठूलो प्रदर्शन भएको थियो।

प्रदर्शनकारीहरूले इस्कॉनलाई ‘हिन्दू चरमपन्थी संगठन’ र ‘कट्टरपन्थी र राष्ट्र विरोधी समूहु भनेका छन् र संस्थामाथि तत्काल प्रतिबन्ध लगाउन मागसमेत गरेका छन्।

यी र्‍यालीहरूमा कट्टरपन्थी संगठन हेफाजत ए इस्लाम, खिलाफत मजलिस र इस्लामिक आन्दोलनलगायत धेरै धार्मिक संगठनहरू र राजनीतिक दलहरूले भाग लिएका थिए।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...