आज : २०२६-०९-०१, मङ्गलबार

श्री संसारीमाई रंगेलीमा बल्यो सद्भावको १०८ दीप, भोटेकोशीका मृतकप्रति श्रद्धाञ्जली

रंगेली “कहिले पनि नअस्ताउने सूर्यको शहर, गाउँशहर उज्यालो बनाउने सद्भावको रहर” भन्ने भावना सहित

विपद्को पीडामा रहेका परिवारप्रति ऐक्यबद्धता जनाउँदै समाजमा मानवीय सद्भाव, सहयोग र एकताको सन्देश सहित १०८ दिप प्रज्वलन गरिएको छ। सद्भाव बचत तथा ऋिण सहकारी संस्था रंगेली ले भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा बेपत्ता भएकाहरूको सकुशल उद्धारको कामना गर्दै  रंगेली स्थित श्री संसारीमाई मंन्दिरमा  सद्भाव बचतले बिश्वशान्तिकाे कामना गर्दे १०८  दीप प्रज्वलन कार्यक्रमकाे आयोजना  गरेको छ । मन्दिरका पुजारीले रसुवामा भएकाे  प्राकृतिक विपत्ति तथा घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ र बेपत्ता व्यक्तिहरूको सकुशल उद्धारको कामना गरेका थिए। धार्मिक मन्त्र उच्चारणसहित १०८ दीप प्रज्वलनको संकल्प गर्नुका साथै  उपस्थित अतिथिहरू तथा सहभागीहरूले सामूहिक रूपमा दीप प्रज्वलन गरेका थियाे । कार्यक्रममा रंगेली नगरपालिकाका प्रमुख भुमा पराजुली, प्रमुख प्रशासकीय अधिकृत प्रदीप साह, पूर्वमेयर दिलीप बगडिया, सद्भाव बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कमलेश्वर ठाकुर, पब्लिक उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक अर्विन कुमार साह, समाजसेवी मचिन्द्र कटुवाल, स्थानीय प्रमेश्वर मुर्मु, संस्थाका श्रीप्रसाद ठाकुर लगायत स्थानीय बुद्धिजीवी, समाजसेवी तथा सर्वसाधारणको उपस्थिति थियो। कार्यक्रममा मेयर पराजुली ले विपत्तिका बेला पीडित परिवारको दुःखमा स्थानीय सरकार र समुदाय एकजुट भएर उभिनुपर्ने बताइन्। भोटेकोशी बाढीमा ज्यान गुमाएका परिवारप्रति समवेदना व्यक्त गर्दै उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिन्।

यस्ता मानवीय तथा सामाजिक गतिविधिले विपत्तिमा परेका परिवारलाई प्रत्यक्ष सहयोगसँगै मानसिक रूपमा समेत हौसला प्रदान गर्ने उनको भनाइ थियो।  प्रशासकीय अधिकृत प्रदीप साहले विपत्तिको समयमा गरिने यस्ता कार्यक्रमले समाजमा मानवीय संवेदना, एकता र सहयोगको भावना बलियो बनाउने बताए। विपत्तिमा परेका नागरिकलाई राज्यका निकायसँगै समुदायको साथ र सहयोग पनि उत्तिकै आवश्यक रहेको उनले उल्लेख गरे। संस्थाका अध्यक्ष कमलेश्वर ठाकुरले भोटेकोशी बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनाका साथै ।

१०८ दीप प्रज्वलन कार्यक्रम बाढीपीडितप्रति संस्थाको ऐक्यबद्धता, सहानुभूति र मानवीय संवेदनाको प्रतीक भएको उनले बताए। साथै संस्थाले सहयोग स्वरुप प्रधानमन्त्री राहतकाेषमा

५५ हजार ५ सय ५५ रुपैयाँ समेत सहयोग गरेको संस्थाका अध्यक्ष ठाकुरले बताए । सहभागीहरूले १०८ दीपमार्फत मृतक आत्माको चिरशान्ति, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ, बेपत्ता व्यक्तिहरूको सकुशल उद्धार तथा विपत्तिमा परेका परिवारलाई धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने कामना समेत  गरेका थिए।