News Portal

कुख्यात भ्रष्टाचारीको नाम सार्वजनिक गर्दै प्रभु साह

हिमालीसंचार संवाददाता
३५३ पटक

काठमाडौं। प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले कुख्यात भ्रष्टाचारीहरुको नामावली संकलन एवं सार्वजनिक गर्ने निणर्य गरेको छ।

भ्रष्टाचारविरुद्ध संघर्ष गर्दै आएको आजपाले भ्रष्टाचारीहरुको नामावली संकलन गर्दै सार्वजनिक गर्ने निष्कर्षमा पुगेको हो।

आजपको काठमाडौं उपत्यका विशेष कमिटीको आज काठमाडौंमा बसेको बैठकले यस्तो निणर्य गरेको हो। भ्रष्टाचार बिरुद्धको आन्दोलनमा आजपाले विभिन्न कार्यक्रम गर्दै आएको छ।

हालै आजपाले भ्रष्टाचार एवं सरकारको मनोमानी कर आतंकविरुद्ध काठमाडौंमा र भ्रष्टाचारविरुद्ध मधेश यात्रा कार्यक्रम सम्पन्न गरेको छ।

यस्तै, बैठकले भगौडा वर्गको सम्पती पहिचान गरी राज्यलाई बुझाउने, दलाल दलतन्त्र बिरुद्धको तेस्रो जनआन्दोलनको तयारी गर्नका लागि संघर्षका कार्यक्रम गर्ने, तीनै तहको सरकारको कर आतंकविरुद्ध संघर्षका कार्यक्रम गर्ने, कर आतंक बिरुद्ध अन्तरक्रिया कार्यक्रम गर्ने, पार्टीको संगठन बिस्तार गर्दै गाउँ गाउँ र टोलटोलसम्म पुर्याउँने निणर्य बैठकले गरेको आजपा उपमहासचिव एवं प्रवक्ता चन्द्रभुषण साहले जनाएका छन्।

प्रतिकृया दिनुहोस्

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...