News Portal

अछाममा असई चन्दले आफैलाई हाने गोली

हिमाल जोशी
६०१ पटक

धनगढी। अछाममा नेपाल प्रहरीका एक जना असईले आफैलाई गोली प्रहार गर्दा घाइते भएका छन्।

अछामको तुर्माखाद गाउँपालिका–३ भैरवस्थान प्रहरी चौकीका इन्चार्जसमेत रहेका प्रहरी सहायक निरीक्षक (असई) किसनबहादुर चन्दले बिहीबार राति आफैमाथि गोली प्रहार गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) ईश्वरीप्रसाद भण्डारीले चन्द आफैले बोकेको पेस्तोलले बायाँ छातीको माथिल्लो भागमा प्रहार गरेको पुष्टि गरे।

चन्दले बिहीबार राति साढे ९ बजेतिर प्रहरी चौकीमै आफैमाथि गोली प्रहार गरेको पाइएको बताउँदै डीएसपी भण्डारीले उनको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको जानकारी दिए।

घटनाबारे छानबिन गर्न इलाका प्रहरी कार्यालय कमलबजारका प्रमुख प्रहरी निरीक्षक हर्षबहादुर चन्दको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ। चन्दले गोली प्रहार गर्नुको कारण नखुलेको डीएसपी भण्डारीले बताए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २७ गतेको राशिफल

आज फागुन २७, २०८२ ( मार्च ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...