News Portal

पूर्वमन्त्री अधिकारीसँग जापान गएका ३ जनालाई धरौटीमा छाड्ने आदेश

हिमालीसंचार संवाददाता
२८६ पटक

काठमाडौं। काठमाडौं जिल्ला अदालतले कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीसँग जापान गएका ३ जनालाई धरौटीमा छाड्ने आदेश दिएको छ।

शुक्रबार जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासले जनक राई, दावा शेर्पा र कन्चन देवकोटालाई जनही ५० हजार धरौटीमा छाड्ने आदेश दिएको हो।

काठमाडौं जिल्ला अदालतबाट धरौटीमा छाड्ने आदेश भएका ३ जना नै पूर्वमन्त्री अधिकारीसँग जापान गएका थिए। पूर्वमन्त्री अधिकारीसहित ४ जनालाई नै जापानको अध्यागमन विभागले डिपोर्ट गरेको थियो।

साथै, नक्कली कागजात तयार पारेको अराोपमा पक्राउ परेका नवीन राई र गुड्डी राई साधारण तारेखमा छुटेका छन्।

सो प्रकरणमा जोडिएका महेश पाण्डे, जुगल रिजाल र वीरबहादुर सुनुवारलाई भने पूर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २३ गतेको राशिफल

आज पुष २३, २०८२ (जनवरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

फौजदारी अदालतले दुई भारतीय लागूऔषध तस्करलाई मृत्युदण्डको सजाय

कुवेत– फौजदारी अदालतले दुई भारतीय लागूऔषध तस्करलाई १४ किलोग्राम हेरोइन र ८ किलोग्राम शाबुसहित पक्राउ...

गैरीगाउँस्थित काठ गोदाममा आगलागी

काठमाडौं, २२ पुस – काठमाडौंको गैरीगाउँ क्षेत्रमा मंगलबार एक काठको गोदाममा आगो लागेको छ। आगो...

रास्वपा सचिवालय बैठक काठमाडौंमा जारी

काठमाडौं, २२ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक पार्टीको केन्द्रीय कार्यालयमा सुरु...

ईश्वर पोखरेलबाट जिम्मेवारी फिर्ता, नीति तथा अनुसन्धान प्रतिष्ठानको नेतृत्व विष्णु रिमाललाई

काठमाडौं, २२ पुष – नेकपा एमालेले नीति तथा अनुसन्धान प्रतिष्ठानको नेतृत्वमा फेरबदल गरेको छ। च्यासलमा...