आज : २०२६-०६-२७, शनिबार

पूर्वमन्त्री अधिकारीसँग जापान गएका ३ जनालाई धरौटीमा छाड्ने आदेश

काठमाडौं। काठमाडौं जिल्ला अदालतले कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीसँग जापान गएका ३ जनालाई धरौटीमा छाड्ने आदेश दिएको छ।

शुक्रबार जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासले जनक राई, दावा शेर्पा र कन्चन देवकोटालाई जनही ५० हजार धरौटीमा छाड्ने आदेश दिएको हो।

काठमाडौं जिल्ला अदालतबाट धरौटीमा छाड्ने आदेश भएका ३ जना नै पूर्वमन्त्री अधिकारीसँग जापान गएका थिए। पूर्वमन्त्री अधिकारीसहित ४ जनालाई नै जापानको अध्यागमन विभागले डिपोर्ट गरेको थियो।

साथै, नक्कली कागजात तयार पारेको अराोपमा पक्राउ परेका नवीन राई र गुड्डी राई साधारण तारेखमा छुटेका छन्।

सो प्रकरणमा जोडिएका महेश पाण्डे, जुगल रिजाल र वीरबहादुर सुनुवारलाई भने पूर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ।