लागू औषधविरुद्ध मोरङमा ‘मेगा क्यान’ अभियान सुरु

माेरङमा पछिल्लो समयमा लागू औषधको बढ्दो जोखिम न्यूनीकरण तथा दुर्व्यसनमुक्त समाज निर्माण गर्ने उद्देश्यले मोरङमा ‘लागू औषध विरुद्धको महाअभियान मेगा क्याप सुरु भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रंगेलीको आयोजनामा रंगेली नगरपालिका काे सभाहलमा उक्त अभियानको शुभारम्भ गरिएको छ ।
कार्यक्रमा लागू औषध नियन्त्रण, रोकथाम, सचेतना तथा दुर्व्यसनमा फसेकाहरूको पुनर्स्थापनालाई केन्द्रमा राखेर विभिन्न सरोकारवाला छलफल समेत गरिएको थियोे । लागू औषधको उत्पादन, ओसारपसार तथा कारोबार नियन्त्रणका लागि प्रहरी, स्थानीय तह, बिधालय , सरकारी कार्यालय र सरोकारवाला निकायबीच सूचना आदान–प्रदान, समन्वय र सहकार्य समेत भएको थियोे ।
कार्यक्रममा सामुदायिक विद्यालय, संस्थागत बिधालय , शिक्षक,अभिभावक , क्याम्पस, क्लब, समुदाय तथा सार्वजनिक स्थानमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरी युवायुवतीलाई लागू औषधको जोखिमबारे सचेत गराउने प्रतिबद्धता समेत गरिएको छ। कार्यक्रममा रंगेली नगरपालिकाका प्रमुख भूमा कुमारी पराजुली, मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेल, कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक शेखर खनाल, रंगेली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप कुमार साह, जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक कवित कटुवाल, राष्ट्रिय अनुसन्धान माेरङ प्रमुख राजन शर्मा, रंगेलीका पूर्व नगरप्रमुख दिलीप बगडिया ,ईलाका प्रहरी रंगेलीका प्रमुख अशोक कुमार झा, विभिन्न बडाका बडा अध्यक्ष ,समासेवी,बुद्धिजीवी , स्थानीय लगायकाे सहभागिता रहेको थियो। प्रहरी प्रमुखका अनुसार कोशी प्रदेश प्रहरी नेतृत्व सम्हालेको एक महिनाको अवधिमा विभिन्न जिल्लाको स्थलगत अवलोकन तथा प्राप्त प्रतिवेदनका आधारमा लागूऔषध दुर्व्यसन र यसको बिक्री–वितरण प्रदेशकै प्रमुख समस्याका रूपमा देखिएको प्रदेश प्रहरी प्रमुखले बताए। उनका अनुसार लागूऔषधको दुर्व्यसनमा विशेषगरी किशोर–किशोरी तथा युवापुस्ता फस्दै गएको र लागूऔषधसम्बन्धी मुद्दामा पक्राउ पर्ने तथा हिरासतमा रहनेको संख्या पनि उल्लेख्य रहेको बताएका छन। भविष्यका कर्णधारका रूपमा हेरिएका युवा पुस्ता नै लागूऔषधको दलदलमा फस्नु प्रदेशकै लागि गम्भीर चुनौती समेत रहेको स्षस्ट रुपमा बताए। लागूऔषध नियन्त्रण नेपाल प्रहरीको एकल प्रयासबाट मात्र सम्भव नहुने भन्दै उनले परिवार, समाज, स्थानीय तह, राजनीतिक दल, सञ्चारकर्मी, शिक्षक तथा अभिभावक सबैको सामूहिक भूमिका आवश्यक रहेकोमा जोड दिएका छन । अभिभावकले आफ्ना छोराछोरीको गतिविधि, संगत, व्यवहार तथा दैनिक जीवनमा आएको परिवर्तनबारे समय दिएर बुझ्न सके लागूऔषध दुर्व्यसन नियन्त्रणमा ठूलो सहयोग पुग्ने उनको भनाइ रहेको छ। प्रहरीले लागूऔषधसहित किशोर–किशोरीलाई नियन्त्रणमा लिँदा अभिभावकहरू सुरुमा आफ्ना सन्तान निर्दोष रहेको दाबी गर्ने गरेको उल्लेख गर्दै उनले भने, अभिभावकसँगको परामर्श र सन्तानसँगको कुराकानीपछि कतिपयले आफू केही महिनादेखि वा एक वर्षदेखि लागूऔषध प्रयोग गरिरहेको स्वीकार गर्ने गरेका छन्। त्यसैले लागूऔषध नियन्त्रणलाई केवल पक्राउ र मुद्दा चलाउने विषयका रूपमा नभई रोकथाम, अभिभावकीय निगरानी, परामर्श, उपचार र पुनःस्थापनासँग जोडेर अघि बढाउनुपर्ने प्रदेश प्रहरी प्रमुखको भनाइ छ। उनले समयमै अभिभावक सचेत नहुने हो भने लागूऔषधको समस्या अझ गम्भीर बन्न सक्ने भन्दै घर–परिवारबाटै सचेतना अभियान सुरु गर्न आग्रह समेत गरेका छन । कार्यक्रममा
प्रहरी कर्मचारीलाई प्रशंसा–पत्र
अभियानकै क्रममा लागू औषध दुर्व्यसन न्यूनीकरणका लागि योगदान पुर्याएको भन्दै प्रहरी हरुलाई रंगेली नगरपालिकाले प्रशंसा–पत्र प्रदान गरेको छ। कार्यक्रममा प्रहरीहरुले लागुओैषधकाे बिषयमा जनचेतनामूलक भिडियो समेत प्रस्तुति गरेका थिए ।


















