News Portal

सर्वोच्चबाट पनि जोगिए लिलाबल्लभ अधिकारी

हिमालीसंचार संवाददाता
३२७ पटक

काठमाडौं। कोशी प्रदेशका निवर्तमान मन्त्री एवं नेकपा (एमाले) नेता लिलाबल्लभ अधिकारीलाई मानव तस्करीको मुद्दामा उन्मुक्ति दिइएको भन्दै सर्वोच्चमा दायर भएको रिट निवेदन दरपीठ भएको छ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले मानव तस्करी मुद्दामा मुछिएका ११ जनाविरुद्ध अभियोग पत्र दायर गर्दै पूर्वमन्त्री अधिकारीलाई उन्मुक्ति दिएको थियो।

सत्ताको छायाँमा परेर पूर्वमन्त्री अधिकारीलाई मुद्दा अभियोजन गर्ने निकायले उन्मुक्ति दिएको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी सर्वोच्च गएका थिए। उक्त रिट निवेदनमा सर्वोच्चका रजिस्ट्रार भद्रकाली पोखरेलले दर्ता अस्वीकार गरेका हुन्।

जापानमा आयोजित एक कार्यक्रममा सहभागी हुन जाँदा तत्कालीन मन्त्री अधिकारीले मन्त्रालयसँग असम्बन्धित मान्छेहरुलाई लिएर गएको आरोप छ।

उनीसँग गएका तीन जना र तत्कालीन मन्त्री अधिकारीलाई समेत जापानको अध्यागमन विभागले डिपोर्ट गरेको थियो।

अधिकारीसँगै जापानबाट फर्किएका ३ जनालाई प्रहरीले एयरपोर्टबाटै पक्राउ गरेको थियो। अधिकारीको चर्को विरोधमा भएपछि उनलाई पनि अनुसन्धानको दायरामा ल्याइएको थियो।

प्रतिकृया दिनुहोस्

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...