News Portal

सिरियाको दोस्रो ठूलो सहर एलेप्पो विद्रोही समूहको कब्जामा

हिमालीसंचार संवाददाता
३०९ पटक

एजेन्सी। सिरियाको विद्रोही समूहले एलेप्पो सहरका धेरै क्षेत्र आफ्नो नियन्त्रणमा लिएको छ। बेलायतस्थित सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्स (एसओएचआर)का अनुसार, विद्रोहीहरूले सहरको आधाभन्दा बढी भाग कब्जा गरेका छन्।

यो सिरियाली सरकारविरुद्ध विद्रोहीहरूको सबैभन्दा ठूलो आक्रमण हो। विद्रोहीहरूले सन् २०१६ पछि पहिलो पटक अलेप्पोमा प्रवेश गरेका हुन्।

सरकारी सुरक्षा बलहरूले विद्रोही समूह हयात तहरीर अल-शाम (एचटीएस) र अन्य सहयोगी समूहहरूको आक्रमणपछि अलेप्पो र इदलिब प्रान्तका धेरै सहरहरू आफ्नो नियन्त्रणमा लिएको बताएका छन्।

बीबीसीका अनुसार इस्लामवादी चरमपन्थी समूह हयात तहरीर अल–शाम (एचटीएस)सँग जोडिएको च्यानलमा पोस्ट गरिएको भिडियोमा विद्रोही लडाकुहरू सहरभित्र गाडीहरूमा देखाइएको छ। यो फुटेज अलेप्पोको पश्चिमी उपनगरको भएको बताएको छ।

सन् २०११ मा प्रजातन्त्र पक्षधर आन्दोलनलाई दमन गरेपछि सुरु भएको गृहयुद्धमा हालसम्म ५ लाखभन्दा बढी मानिस मारिएका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...