News Portal

सिरियाको दोस्रो ठूलो सहर एलेप्पो विद्रोही समूहको कब्जामा

हिमालीसंचार संवाददाता
३६८ पटक

एजेन्सी। सिरियाको विद्रोही समूहले एलेप्पो सहरका धेरै क्षेत्र आफ्नो नियन्त्रणमा लिएको छ। बेलायतस्थित सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्स (एसओएचआर)का अनुसार, विद्रोहीहरूले सहरको आधाभन्दा बढी भाग कब्जा गरेका छन्।

यो सिरियाली सरकारविरुद्ध विद्रोहीहरूको सबैभन्दा ठूलो आक्रमण हो। विद्रोहीहरूले सन् २०१६ पछि पहिलो पटक अलेप्पोमा प्रवेश गरेका हुन्।

सरकारी सुरक्षा बलहरूले विद्रोही समूह हयात तहरीर अल-शाम (एचटीएस) र अन्य सहयोगी समूहहरूको आक्रमणपछि अलेप्पो र इदलिब प्रान्तका धेरै सहरहरू आफ्नो नियन्त्रणमा लिएको बताएका छन्।

बीबीसीका अनुसार इस्लामवादी चरमपन्थी समूह हयात तहरीर अल–शाम (एचटीएस)सँग जोडिएको च्यानलमा पोस्ट गरिएको भिडियोमा विद्रोही लडाकुहरू सहरभित्र गाडीहरूमा देखाइएको छ। यो फुटेज अलेप्पोको पश्चिमी उपनगरको भएको बताएको छ।

सन् २०११ मा प्रजातन्त्र पक्षधर आन्दोलनलाई दमन गरेपछि सुरु भएको गृहयुद्धमा हालसम्म ५ लाखभन्दा बढी मानिस मारिएका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...