News Portal

सिरियाको उत्तर–पश्चिमी क्षेत्रमा विद्रोही सेनाको आक्रमण

हिमालीसंचार संवाददाता
२६३ पटक

एजेन्सी। सिरियामा विद्रोही सेनाले उत्तर–पश्चिमी क्षेत्रमा ठूलो आक्रमण गरेको छ। पछिल्ला केही वर्षहरुमा राष्ट्रपति बसर अल–असदको सेना विरुद्ध विद्रोहीले गरेको यो ठूलो आक्रमण हो।

तीन दिनदेखिको आक्रमणबाट इस्लामिक लडाकु समूह एचटीएस र सहयोगी गुटहरूले एकसाथ आक्रमण गरेर एलेप्पो र इदबिल प्रान्तका कैंयौं शहर तथा गाउँहरु आफ्नो नियन्त्रणमा लिएका छन्।

ती क्षेत्रहरुबाट सरकारी सेना पछि हटेको विद्रोहीको दाबी छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार आक्रमणमा दुवै पक्षका १ सय ८० भन्दा बढी लडाकु मारिएको बताएको छ।

विपक्षी नियन्त्रित क्षेत्रमा सिरिया र रुसको हवाई हमलामा कम्तीमा १९ जना सर्वसाधारण पनि मारिएका छन्।

सन् २०११ मा शान्तिपूर्ण प्रजातन्त्र पक्षधर विरोध प्रदर्शनमा सरकारले हिंसात्मक दमन गरेपछि शुरु भएको गृहयुद्धमा ५ लाख भन्दा बढी मानिस मारिएका छन।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...