News Portal

मदिरा तस्करको गाडीको ठक्करबाट सशस्त्रका सईकाे मृत्यु, सिरहामा राजमार्ग अवरुद्ध

हिमालीसंचार संवाददाता
२९० पटक

जनकपुरधाम। मदिरा तस्करी गर्नेले गाडीको ठक्करबाट सशस्त्र प्रहरीका सई लक्ष्मणप्रसाद यादवको मृत्युपछि सिरहाको लहानमा आन्दोलन चर्किएको छ।

मृतक सईका आफन्त र लहानवासीले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका हुन्। उनीहरुले टायर बालेर राजमार्ग अवरुद्ध पारेपछि अहिले पूर्वपश्चिम राजमार्ग ठप्प छ।

जसले गर्दा सयौं सवारीसाधन बीच बाटोमै रोकिएका छन्। भारतसँग सीमा जोडिएको सिरहाको बरियारपट्टी गाउँपालिका- १ कचनारीमा ड्युटीमा रहेका बेला सई यादवलाई नम्बर नखुलेको स्कार्पियो गाडीले आज बिहान करिब ३ बजे ठक्कर दिएको थियो।

गाडीको ठक्करबाट सई यादवको घटनास्थलमै मृत्यु भएको सिरहा प्रहरीले जनाएके छ। उनले तस्करहरुको गाडी रोक्न खोजेका थिए, तर उल्टै गाडी ठक्कर दिएर भारततर्फ भागेको बताइन्छ।

मृतक सई यादव बीओपी बरहरीमा कार्यरत थिए। उनीसँगै अन्य चार सशस्त्र प्रहरी पनि ड्युटीमा थिए। मृतक सई यादवको शव पोष्टमार्टमका लागि लहानस्थित प्रादेशिक अस्पतालमा राखिएको छ।

मृतक सईका दाइ नाता पर्ने पाण्डव यादवले प्रहरी प्रशासनकै कमजोरीले घटना घटेको आरोप लगाए। प्रदर्शनमा सहभागी उनले भने, ‘मेरो भाइसँगै अन्य चार जना प्रहरी ड्युटीमा थिए, तर गाडी ठक्कर दिएर भागेपछि उनीहरुले किन गोली चलाएनन् ? यो त चरम लापरबाही हो नि ’’

आन्दोलनमा उत्रिएकाहरुले घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने, ठक्कर दिनेलाई अविलम्ब पक्राउ गरी कारबाही हुनुपर्ने, मृतकका आफन्तलाई न्याय तथा क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...