News Portal

  • मनि ट्रान्सफरको छानामाथि युवकको शव फेला परेपछि…

    हिमालीसंचार संवाददाता
    ४०३ पटक

    क्रान्ति शाह, वीरगन्ज।
    पर्साको धोबिनी गाउँपालिका-४ लंगडी चोकस्थित मनि ट्रान्सफर रहेको घरको छानामा एक युवक मृत अवस्थामा फेला परेका छन्। जस्तापाताले छाएको छानामा अंदाजी २२/२३ वर्षका युवकको शव फेला परेको हो। शव फेला परेका युवकको पहिचान भने खुल्न सकेको छैन। शव पोष्टमार्टमका लागि वीरगन्जस्थित नारायणी अस्पतालमा पठाइएको पर्साका प्रहरी उपरिक्षक बेल बहादुर पाण्डेले जानकारी दिए।

    भदौ १७ गते बिहीबार राति लंगडीमै रहेको एनआइसी एसिया बैंकको उपशाखामा चोरी भएको थियो। त्यहि बैंक नजिकको मनि ट्रान्सफर भएको घरको छानामा आइतवार बेलुकी युवकको शव फेला परेको हो। मृत भेटिएका युवक बिहीबार राति एनआइसी एशीया बैंकमा भएको चोरी गर्ने समूहकै हुनसक्ने स्थानीयले आशंका गरेका छन्।

    बैंकमा चोरी गर्ने समुहले मनी ट्रान्सफरमा समेत चोर्ने क्रममा छानाको जस्तापाता उप्क्याएर भित्र छिर्न लाग्दा करेन्ट लागेर ती युवकको मृत्यु भएको हुन सक्ने स्थानीयको आशंका छ। शव सडेर गन्हाउन थालेकाले पनि घटना दुई तीन दिन पहिलकै (बिहीबार राति कै) भएकाले थप आशंका उत्पन्न भएको प्रहरीले जनाएको छ।

    शवको प्रकृति हेर्दा ती युवक मनि ट्रान्सफरको कार्यालयमा चोरी गर्न गएको र करेन्ट लागेर उनको मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ। घटनाबारे अनुसंधान थालिएको प्रहरी उपरीक्षक पाण्डले जानकारी दिए। गत बिहीबार राति लंगडीमै रहेको एनआइसी एशिया बैंकको शाखा कार्यालयमा चोरहरुले बैंकको मुल गेटको सटर नै फोडेर भित्र पसेका थिए।

    बैंकमा जडान गरिएको सिसिटिभी क्यामेरामा कैद भएको भिडियो अनुसार रेनकोट लगाएर आएका दुई जनाले अक्सिजन सिलण्डर सहितको वेल्डिङ मेशीनले सटर काटेर भित्र पसेका थिए। चोरहरुले लकर पनि तोड्ने कोशीश गरेको तर बाहिर सडकमा प्रहरीको गस्ती पुगेपछि चोरहरु आफनो योजनामा सफल हुन नसकेर भागेका थिए।

    बिहीबार राति बैंकमा भएको चोरी र आइतबार बेलुकी मनि ट्रान्सफरमा युवकको शव भेटिएपछि घटना अझ शंकास्पद देखिएकाले प्रहरीले दुवै घटनालाइ जोडेर अनुसन्धान थालेको प्रहरी उपरिक्षक पाण्डेले बताए। दुवै घटनामा भारत र नेपाल दुवै देशका मानिस संलग्न रहेको देखिएको भन्दै उनले भने,‘ छिटटै अपराधीको पहिचान लाग्छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    महेन्द्रनगरका विपिन जोशीकी आमा–बहिनीले राष्ट्रपति पौडेलसँग भेटे

    काठमाडौँ, भदौ ८ – प्यालेस्टिनी समूह हमासले बन्धक बनाएका महेन्द्रनगरका विद्यार्थी विपिन जोशीको रिहाइको माग...

    स्काइ ड्रिम इन्टरप्रेनर्सका संचालक र कर्मचारी पुर्पक्षका लागि थुनामा

    सुर्खेत, भदौ ८ – सुर्खेतमा अवैध नेटवर्किङ व्यवसाय सञ्चालन गरेको आरोपमा *स्काइ ड्रिम इन्टरप्रेनर्स प्रा.लि.*का...

    रौतहटमा सुटकेसभित्र मृत भेटिएकी महिलाको सनाखत

    रौतहट, भदौ ८ – रौतहटको गौर नगरपालिका–९ मुडवालगेटस्थित सडक किनारमा फेला परेको सुटकेसभित्र मृत भेटिएकी...

    रौतहटमा सुटकेसभित्र महिलाको शव

    हेटौँडा, भदौ ८ – रौतहटको गौर नगरपालिका–९ अन्तर्गत सिर्सिया सडकखण्डको मुडवालवा मोडमा शनिबार राति एक...

    आज २०८२ साल भदौ ८ गतेको राशिफल

    आज भदौ ८, २०८२ (अगस्त २४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...