News Portal

कुवेतमा हरितालिका तीज विशेष सांगीतिक कार्यक्रम–प्रमुख आकर्षण प्रीति आले

५३५ पटक

कुवेत, भदौ १ – नेपाली कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि कुवेतमा आयोजित हुने परम्परागत सांस्कृतिक महोत्सव हरितालिका तीज विशेष कार्यक्रम आगामी अगस्ट २९, २०८२ गते शुक्रबार, दिउँसो १२ बजे जलिबस्थित अस्पायर इन्डियन स्कूलमा हुने भएको छ। आयोजकहरूले कार्यक्रमलाई भव्य र आकर्षक बनाउन तयारी तीव्र पारेका छन्।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा नेपालकी चर्चित लोकदोहोरी गायिका प्रीति आले उपस्थित हुने भएकी छन्। आफ्नो लोकप्रिय गीतसहित प्रस्तुति दिने उनले कुवेतस्थित नेपाली समुदायमा उत्साहको वातावरण सिर्जना गरिसकेकी छिन्।

सांगीतिक महोत्सवमा कुवेतमै रहेका स्थानीय नेपाली कलाकारहरूले पनि विविध प्रस्तुति दिनेछन्। कार्यक्रमलाई अझ रमाइलो र आकर्षक बनाउन आयोजकहरूले विशेष तयारी गरेका छन्।

मञ्चका अध्यक्ष गोबिन्द बरालले भने, “हाम्रो सांस्कृतिक कार्यक्रमले नेपाली समुदायलाई एउटै थलोमा एकत्रित मात्र गर्दैन, प्रवासमा रहेका नेपाली दाजुभाइ–दिदीबहिनीलाई मेहनत र संघर्षको बिचमा एक दिनको खुशी दिने अवसर पनि प्रदान गर्छ। यसरी आयोजना हुने कार्यक्रमहरूले हाम्रो सांस्कृतिक पहिचान विश्व समुदायसामु चिनाउन महत्वपूर्ण भूमिका खेल्छ।”

आयोजकहरूले विश्वास व्यक्त गरेका छन् कि यो सांगीतिक महोत्सव सम्पूर्ण कुवेतवासी नेपाली दाजुभाइ र दिदीबहिनीहरूको साझा उत्सव बन्नेछ।

कार्यक्रम विवरण:

मुख्य कलाकार: लोकदोहोरी गायिका प्रीति आले

सहभागी: स्थानीय नेपाली कलाकारहरू

मिति: अगस्ट २९, २०८२ (शुक्रबार)

समय: दिउँसो १२:०० बजे

स्थान: अस्पायर इन्डियन स्कूल, जिलिप, कुवेत

प्रतिकृया दिनुहोस्

आदर्श मावि रंगेलीले ४१औँ वार्षिक उत्सव मनाउँदै

रविन्द्र बराल/ मोरङ, पुष २४ – मोरङको रंगेली–७ मा रहेको आदर्श माध्यमिक विद्यालय रंगेलीले आफ्नो...

रुपन्देहीमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, तीन घाइते

रुपन्देही, पुष २४ – रुपन्देहीको तिलोत्तमा नगरपालिका-२, तपाहा लाइनमा बिहीबार दिउँसो दुई वटा मोटरसाइकल ठोक्किँदा...

बालेन शाह–सुदन गुरुङबीच ज्वागलमा अनौपचारिक छलफल

काठमाडौं, पुस २४ – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र काउन्सिल अफ दी जेनजीका अगुवा...

माघ ४ बाट होटल फरेष्ट इनको आइपिओ खुल्दै, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई पहिलो अवसर

काठमाडौं, पुस २४ – होटल फरेष्ट इन लिमिटेडले माघ ४ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)...

तराईमा शीतलहर बढ्यो, जनजीवन प्रभावित

काठमाडौ -तराईका जिल्लाहरूमा बाक्लो हुस्सु र चिसो अत्यधिक बढेपछि जनजीवन प्रभावित भएको छ। बिहानैदेखि सडक...