News Portal

  • सिन्धुपाल्चोक प्रहरीमा ‘बासी भात’ विवाद : डिएसपी र भान्सेबीच कुटपिट, कार्यालय सहयोगी सेवाबाट बर्खास्त

    ४४५ पटक

    सिन्धुपाल्चोक, साउन २७ — जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकभित्र ‘बासी भात’को विवाद कुटपिटसम्म पुग्दा एक कार्यालय सहयोगी सेवाबाटै बर्खास्त भएको घटना बाहिर आएको छ। हेटौंडा रातमाटेमा दरबन्दी रहे पनि साउन ६ गते काजमा सिन्धुपाल्चोक आएका कार्यालय सहयोगी तथा भान्से शंकर कार्की डिएसपी माधवराज खरेलको क्वाटरमा खाना पकाउने जिम्मेवारीमा थिए।

    कार्कीको भनाइ अनुसार, साउन २२ गते दिउँसो डिएसपीका लागि लसुन–प्याज नहालिएको सात्त्विक खाना तयार पारिरहेकै बेला डिएसपी बैठकका लागि बाहिरिए। पछि फर्किएर खाना खाँदा ‘बासी भात खुवाएको’ भन्दै उनले अपशब्द प्रयोग गर्दै निर्घात कुटपिट गरे। कार्कीका अनुसार, यस क्रममा प्रहरी निरीक्षक रुपेश शाह पनि आइपुगे र थप कुटपिटमा सहभागी भए।

    उनको कथनअनुसार, “ट्रेमा पानी लिएर जाँदा डिएसपी साबले दुई मुक्का प्रहार गर्नुभयो, तेस्रो पटक हान्न खोज्दा रोक्ने क्रममा ट्रे फुटेर उहाँलाई लागेको जस्तो भयो। त्यसपछि भाँडा माझ्दै गर्दा इन्स्पेक्टर शाह आएर कुटपिट गर्दै हिरासतमा हालिदिनुभयो।”

    कार्कीको परिवारका अनुसार, उनलाई हिरासतमा राखिएका बेला साउन २३ गते परेको आमाको श्राद्धमा घर जान दिइएन। कार्कीले आरोप लगाएका छन्, “हिरासतमा हुँदा बाहिरी चोट नदेखिने गरी कुटपिट गरियो, अचेत भएपछि पनि तत्काल अस्पताल नलगाइ दुई घण्टा ढिलाइ गरियो।”

    परिवारका भनाइमा, तीन दिनसम्म कार्कीलाई भेट्न दिइएन र मोबाइल फोन समेत कब्जामा राखियो। स्वास्थ्य परीक्षणमा बाहिरी चोट नदेखिए पनि टाउको झमझम गर्ने, छाती दुख्ने र सास फेर्न गाह्रो हुने समस्या देखिएको छ।

    यता जिल्ला प्रहरी कार्यालयका एसपी रामेश्वर कार्कीले भने भान्सेले नै डिएसपी र इन्स्पेक्टरलाई कुटपिट गरेको दाबी गरेका छन्। “खाना पकाउने क्रममा विवाद हुँदा ट्रेले डिएसपीलाई प्रहार भएको र नियन्त्रणमा लिने क्रममा इन्स्पेक्टरलाई लात्ती हानेको देखिएको हो,” एसपी कार्कीले भने। “चेन अफ कमान्ड तोडिएकाले विभागीय कारबाही गरी सेवाबाट बर्खास्त गरिएको हो।”

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आर्यतारा शाक्य नयाँ कुमारीमा चयन, कुमारीघर प्रवेश

    काठमाडौं, असोज १४ – काठमाडौंको ढल्कोकी आर्यतारा शाक्यलाई नयाँ जीवित देवी कुमारीको रूपमा चयन गरिएको...

    युवा संघको आपत्ति : ओलीको राहदानी रोक्ने निर्णयप्रति विरोध

    काठमाडौँ, असोज १४ – नेकपा एमाले निकट राष्ट्रिय युवा संघ, नेपालले पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष...

    भद्रपुरमा राँगा काट्ने क्रममा दुर्घटना, एक जनाको मृत्यु

    झापा, असोज १४ – झापाको भद्रपुर नगरपालिका–१ मा राँगा काट्ने क्रममा भएको दुर्घटनामा एक व्यक्तिको...

    आज २०८२ साल असोज १४ गतेको राशिफल

    आज असोज १३, २०८२ (सेप्टेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    कारागारमा रविलाई भेट्न नपाएपछि निकोलस भुसालको आक्रोश

    काठमाडौं, असोज १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भेट्न नख्खु कारागार पुगेका...