News Portal

सिन्धुपाल्चोक प्रहरीमा ‘बासी भात’ विवाद : डिएसपी र भान्सेबीच कुटपिट, कार्यालय सहयोगी सेवाबाट बर्खास्त

७४० पटक

सिन्धुपाल्चोक, साउन २७ — जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकभित्र ‘बासी भात’को विवाद कुटपिटसम्म पुग्दा एक कार्यालय सहयोगी सेवाबाटै बर्खास्त भएको घटना बाहिर आएको छ। हेटौंडा रातमाटेमा दरबन्दी रहे पनि साउन ६ गते काजमा सिन्धुपाल्चोक आएका कार्यालय सहयोगी तथा भान्से शंकर कार्की डिएसपी माधवराज खरेलको क्वाटरमा खाना पकाउने जिम्मेवारीमा थिए।

कार्कीको भनाइ अनुसार, साउन २२ गते दिउँसो डिएसपीका लागि लसुन–प्याज नहालिएको सात्त्विक खाना तयार पारिरहेकै बेला डिएसपी बैठकका लागि बाहिरिए। पछि फर्किएर खाना खाँदा ‘बासी भात खुवाएको’ भन्दै उनले अपशब्द प्रयोग गर्दै निर्घात कुटपिट गरे। कार्कीका अनुसार, यस क्रममा प्रहरी निरीक्षक रुपेश शाह पनि आइपुगे र थप कुटपिटमा सहभागी भए।

उनको कथनअनुसार, “ट्रेमा पानी लिएर जाँदा डिएसपी साबले दुई मुक्का प्रहार गर्नुभयो, तेस्रो पटक हान्न खोज्दा रोक्ने क्रममा ट्रे फुटेर उहाँलाई लागेको जस्तो भयो। त्यसपछि भाँडा माझ्दै गर्दा इन्स्पेक्टर शाह आएर कुटपिट गर्दै हिरासतमा हालिदिनुभयो।”

कार्कीको परिवारका अनुसार, उनलाई हिरासतमा राखिएका बेला साउन २३ गते परेको आमाको श्राद्धमा घर जान दिइएन। कार्कीले आरोप लगाएका छन्, “हिरासतमा हुँदा बाहिरी चोट नदेखिने गरी कुटपिट गरियो, अचेत भएपछि पनि तत्काल अस्पताल नलगाइ दुई घण्टा ढिलाइ गरियो।”

परिवारका भनाइमा, तीन दिनसम्म कार्कीलाई भेट्न दिइएन र मोबाइल फोन समेत कब्जामा राखियो। स्वास्थ्य परीक्षणमा बाहिरी चोट नदेखिए पनि टाउको झमझम गर्ने, छाती दुख्ने र सास फेर्न गाह्रो हुने समस्या देखिएको छ।

यता जिल्ला प्रहरी कार्यालयका एसपी रामेश्वर कार्कीले भने भान्सेले नै डिएसपी र इन्स्पेक्टरलाई कुटपिट गरेको दाबी गरेका छन्। “खाना पकाउने क्रममा विवाद हुँदा ट्रेले डिएसपीलाई प्रहार भएको र नियन्त्रणमा लिने क्रममा इन्स्पेक्टरलाई लात्ती हानेको देखिएको हो,” एसपी कार्कीले भने। “चेन अफ कमान्ड तोडिएकाले विभागीय कारबाही गरी सेवाबाट बर्खास्त गरिएको हो।”

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...