News Portal

रोमानियामा निधन भएका विवश विश्वकर्माको परिवारलाई २० हजार रुपैयाँ आर्थिक सहयोग

४१२ पटक

म्याग्दी, साउन १६ – विदेशी भूमिमा ज्यान गुमाएका म्याग्दीका एक युवा विवश विश्वकर्माको परिवारलाई नेपाली जनप्रसिद्ध, कुवेतले २० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।

मंगला गाउँपालिका–५, साविक अर्मन गा.वि.स.–६ निवासी स्वर्गीय गंगबहादुर विक र फूलमाया विकका छोरा विवश विश्वकर्मा (ईश्वर) वैदेशिक रोजगारीको सिलसिलामा २०७९ साल फागुन १० गते रोमानिया गएका थिए। रोजगारीकै क्रममा २०८२ असार ५ गते साइकल दुर्घटनामा परेर टाउकोमा गम्भीर चोट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको थियो। अहिले उनको शव रोमानियामै अलपत्र अवस्थामा रहेको छ।

विवशको कमाइमा भर परेर जीवनयापन गरिरहेका उनकी वृद्ध आमा, ३ वर्षीया छोरी, ४ वर्षका छोरा र श्रीमती मृत्युपछि आर्थिक संकटमा परेका छन्। यही पृष्ठभूमिमा पीडित परिवारलाई सहयोग पुगोस् भन्ने उद्देश्यले नेकपा (विप्लव) निकट भातृ संगठन नेपाली जनप्रसिद्ध, कुवेतले २० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको हो।

उक्त रकम नेकपाका पोलिट ब्युरो सदस्य तथा म्याग्दी जिल्ला इन्चार्ज ध्रुव धिमिरेले स्वयम् पीडित परिवारको घरमै पुगेर हस्तान्तरण गरेका हुन्।

यसअघि मंगला गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष भुपेन्द्र खत्री क्षेत्रीले शव व्यवस्थापन र परिवारको राहत तथा बालबालिकाको शैक्षिक कोषका लागि सबै पक्षलाई आर्थिक सहयोगको अपिल गरेका थिए।

प्रवासमा ज्यान गुमाएका विवश विश्वकर्माको शव स्वदेश ल्याउने प्रक्रिया अघि बढाउने र परिवारलाई थप सहयोग जुटाउने अभियानमा स्थानीय तह, गैरसरकारी संघसंस्थाहरू तथा सामाजिक अभियन्ताहरू समेत संलग्न हुने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...