News Portal

रोमानियामा निधन भएका विवश विश्वकर्माको परिवारलाई २० हजार रुपैयाँ आर्थिक सहयोग

३३३ पटक

म्याग्दी, साउन १६ – विदेशी भूमिमा ज्यान गुमाएका म्याग्दीका एक युवा विवश विश्वकर्माको परिवारलाई नेपाली जनप्रसिद्ध, कुवेतले २० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।

मंगला गाउँपालिका–५, साविक अर्मन गा.वि.स.–६ निवासी स्वर्गीय गंगबहादुर विक र फूलमाया विकका छोरा विवश विश्वकर्मा (ईश्वर) वैदेशिक रोजगारीको सिलसिलामा २०७९ साल फागुन १० गते रोमानिया गएका थिए। रोजगारीकै क्रममा २०८२ असार ५ गते साइकल दुर्घटनामा परेर टाउकोमा गम्भीर चोट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको थियो। अहिले उनको शव रोमानियामै अलपत्र अवस्थामा रहेको छ।

विवशको कमाइमा भर परेर जीवनयापन गरिरहेका उनकी वृद्ध आमा, ३ वर्षीया छोरी, ४ वर्षका छोरा र श्रीमती मृत्युपछि आर्थिक संकटमा परेका छन्। यही पृष्ठभूमिमा पीडित परिवारलाई सहयोग पुगोस् भन्ने उद्देश्यले नेकपा (विप्लव) निकट भातृ संगठन नेपाली जनप्रसिद्ध, कुवेतले २० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको हो।

उक्त रकम नेकपाका पोलिट ब्युरो सदस्य तथा म्याग्दी जिल्ला इन्चार्ज ध्रुव धिमिरेले स्वयम् पीडित परिवारको घरमै पुगेर हस्तान्तरण गरेका हुन्।

यसअघि मंगला गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष भुपेन्द्र खत्री क्षेत्रीले शव व्यवस्थापन र परिवारको राहत तथा बालबालिकाको शैक्षिक कोषका लागि सबै पक्षलाई आर्थिक सहयोगको अपिल गरेका थिए।

प्रवासमा ज्यान गुमाएका विवश विश्वकर्माको शव स्वदेश ल्याउने प्रक्रिया अघि बढाउने र परिवारलाई थप सहयोग जुटाउने अभियानमा स्थानीय तह, गैरसरकारी संघसंस्थाहरू तथा सामाजिक अभियन्ताहरू समेत संलग्न हुने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस्

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न...

२ हप्ताभित्र महानगर प्रमुखको जिम्मेवारी छोड्ने तयारीमा बालेन

काठमाडौँ, पुष १३ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले करिब दुई हप्ताभित्र पदबाट...

हर्क साम्पाङः श्रम संस्कृति पार्टी कसैसँग एकता गर्दैन

काठमाडौं, पुस १३ – श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो...

धादिङ कलेरीमा माघे संक्रान्ती–२०८२: मगर संस्कृति र परम्पराको उत्सव

धादिङ – मगर भाषा, संस्कृति तथा परम्परागत पहिचानको जगेर्ना र संरक्षण गर्ने उद्देश्यले माघे संक्रान्ती–२०८२...

रवि–बालेन एकता सहमति-घण्टी प्रतीकमा नयाँ राजनीतिक यात्राको घोषणा

काठमाडौँ – नेपालमा वैकल्पिक राजनीतिक शक्ति निर्माणको उद्देश्यसहित रवि लामिछाने र बालेन्द्र शाह (बालेन) बीच...