News Portal

कुवेतको रक्सी काण्डमा अस्पताल भर्ना भएकाहरू डिपोर्ट, मुख्य आरोपितलाई हत्याको मुद्दा लाग्ने

३५५ पटक

कुवेत, भदौ २ – कुवेतमा भएको विषादीयुक्त रक्सी काण्डमा अस्पतालमा भर्ना भएका प्रवासीहरूलाई उपचारपछि डिपोर्ट गरिने भएको छ। यस घटनामा संलग्न मुख्य आरोपितमाथि भने हत्याको मुद्दा दर्ता हुने तयारी गरिएको छ।

कुवेतको अरब टाइम्स का अनुसार गत शुक्रबार साल्मियाबाट यस काण्डका नाइके भुवनलाल तामाङ पक्राउ परेका थिए। सोधपुछका क्रममा थप नेपाली नागरिक नारायण प्रसाद बस्याल, भारतीय नागरिक विशाल धन्याल चौहान र एक बंगलादेशी नागरिकलाई समेत पक्राउ गरिएको छ।

पछिल्लो दुई साताभित्रै करिब दुई दर्जनभन्दा बढी नेपालीले मेथानोल मिसिएको रक्सी सेवनका कारण ज्यान गुमाएका छन् भने पाँच दर्जनभन्दा बढी विभिन्न अस्पतालमा उपचाररत छन्। तीमध्ये धेरैको अवस्था अझै गम्भीर छ।

रक्सी सेवन गरी बिरामी परेकामध्ये केहीलाई अस्पतालले डिस्चार्ज गरे पनि कुवेत प्रहरीले नियन्त्रणमा लिएको छ। प्राप्त जानकारीअनुसार उनीहरूलाई उपचारपछि डिपोर्ट गरिनेछ।

यस घटनामा संलग्न मुख्य चार जनामाथि हत्याको अभियोग दर्ता हुनेछ भने अन्य ७१ जनाविरुद्ध सार्वजनिक अभियोग दर्ता गर्ने तयारी गरिएको छ।

हाल करिब १ लाख ६० हजार नेपाली रोजगारीका लागि कुवेतमा रहेका छन्। तर पछिल्लो समय नेपालीहरू संलग्न गैरकानुनी क्रियाकलाप—लागुऔषध ओसारपसार, अवैध मदिरा उत्पादन तथा बिक्री—का कारण नेपाल र नेपाली कामदारको छवि प्रभावित बन्दै गएको बताइन्छ।

प्रतिकृया दिनुहोस्

आदर्श मावि रंगेलीले ४१औँ वार्षिक उत्सव मनाउँदै

रविन्द्र बराल/ मोरङ, पुष २४ – मोरङको रंगेली–७ मा रहेको आदर्श माध्यमिक विद्यालय रंगेलीले आफ्नो...

रुपन्देहीमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, तीन घाइते

रुपन्देही, पुष २४ – रुपन्देहीको तिलोत्तमा नगरपालिका-२, तपाहा लाइनमा बिहीबार दिउँसो दुई वटा मोटरसाइकल ठोक्किँदा...

बालेन शाह–सुदन गुरुङबीच ज्वागलमा अनौपचारिक छलफल

काठमाडौं, पुस २४ – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र काउन्सिल अफ दी जेनजीका अगुवा...

माघ ४ बाट होटल फरेष्ट इनको आइपिओ खुल्दै, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई पहिलो अवसर

काठमाडौं, पुस २४ – होटल फरेष्ट इन लिमिटेडले माघ ४ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)...

तराईमा शीतलहर बढ्यो, जनजीवन प्रभावित

काठमाडौ -तराईका जिल्लाहरूमा बाक्लो हुस्सु र चिसो अत्यधिक बढेपछि जनजीवन प्रभावित भएको छ। बिहानैदेखि सडक...