News Portal

कुवेतको रक्सी काण्डमा अस्पताल भर्ना भएकाहरू डिपोर्ट, मुख्य आरोपितलाई हत्याको मुद्दा लाग्ने

४०२ पटक

कुवेत, भदौ २ – कुवेतमा भएको विषादीयुक्त रक्सी काण्डमा अस्पतालमा भर्ना भएका प्रवासीहरूलाई उपचारपछि डिपोर्ट गरिने भएको छ। यस घटनामा संलग्न मुख्य आरोपितमाथि भने हत्याको मुद्दा दर्ता हुने तयारी गरिएको छ।

कुवेतको अरब टाइम्स का अनुसार गत शुक्रबार साल्मियाबाट यस काण्डका नाइके भुवनलाल तामाङ पक्राउ परेका थिए। सोधपुछका क्रममा थप नेपाली नागरिक नारायण प्रसाद बस्याल, भारतीय नागरिक विशाल धन्याल चौहान र एक बंगलादेशी नागरिकलाई समेत पक्राउ गरिएको छ।

पछिल्लो दुई साताभित्रै करिब दुई दर्जनभन्दा बढी नेपालीले मेथानोल मिसिएको रक्सी सेवनका कारण ज्यान गुमाएका छन् भने पाँच दर्जनभन्दा बढी विभिन्न अस्पतालमा उपचाररत छन्। तीमध्ये धेरैको अवस्था अझै गम्भीर छ।

रक्सी सेवन गरी बिरामी परेकामध्ये केहीलाई अस्पतालले डिस्चार्ज गरे पनि कुवेत प्रहरीले नियन्त्रणमा लिएको छ। प्राप्त जानकारीअनुसार उनीहरूलाई उपचारपछि डिपोर्ट गरिनेछ।

यस घटनामा संलग्न मुख्य चार जनामाथि हत्याको अभियोग दर्ता हुनेछ भने अन्य ७१ जनाविरुद्ध सार्वजनिक अभियोग दर्ता गर्ने तयारी गरिएको छ।

हाल करिब १ लाख ६० हजार नेपाली रोजगारीका लागि कुवेतमा रहेका छन्। तर पछिल्लो समय नेपालीहरू संलग्न गैरकानुनी क्रियाकलाप—लागुऔषध ओसारपसार, अवैध मदिरा उत्पादन तथा बिक्री—का कारण नेपाल र नेपाली कामदारको छवि प्रभावित बन्दै गएको बताइन्छ।

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्रीलाई भेट्न नसकेपछि ‘प्रधानमन्त्री हराएको’ सूचना वितरण

काठमाडौं । जनआन्दोलनपछि प्रधानमन्त्री बनेका सुशील कार्कीलाई भेट्न नसकेपछि एक युवाले अनौठो तरिकाले असन्तुष्टि सार्वजनिक...

आज २०८२ साल फागुन १६ गतेको राशिफल

आज फागुन १६, २०८२ ( फेब्रुअरी २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सडक किनारमा वृद्धको शव फेला, सवारी दुर्घटनाको आशंका

विराटनगर, फागुन १५ – मोरङको सुन्दरहरैँचा नगरपालिका–७ ठडिया चोक नजिक पूर्व–पश्चिम राजमार्ग छेउमा एक वृद्ध...

सुनको मूल्य घट्दा चाँदीमा सामान्य वृद्धि

काठमाडौं, फागुन १५ – साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्यमा गिरावट आएको छ भने चाँदीको...

आज २०८२ साल फागुन १३ गतेको राशिफल

आज फागुन १३, २०८२ ( फेब्रुअरी २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...