News Portal

रौतहटमा सुटकेसभित्र महिलाको शव

३९९ पटक

हेटौँडा, भदौ ८ – रौतहटको गौर नगरपालिका–९ अन्तर्गत सिर्सिया सडकखण्डको मुडवालवा मोडमा शनिबार राति एक महिलाको शव सुटकेसभित्र फेला परेको छ।

करिब राति ८ बजे सडक किनारमा डोरीले बेरिएको अवस्थामा सुटकेश भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरी घटनास्थल पुगेपछि रातभर सुरक्षा व्यवस्था गरिएको थियो।

आइतबार बिहान सुटकेश खोल्दा करिब ३५ वर्षकी विवाहित महिलाको शव भेटिएको प्रहरीले जनाएको छ। गुलाबी रंगको कुर्ता–सुरुवाल लगाएकी ती महिलाको टाउकोमा गहिरो चोट देखिएको छ। साथै, सुटकेशभित्र केही कागजात र सुरुवालको खल्तीमा नगद रकम पनि भेटिएको प्रहरीले जनाएको छ।

शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको नायब प्रहरी उपरीक्षक राजु कार्कीले जानकारी दिनुभयो।

प्रतिकृया दिनुहोस्

बिदाइमा भीड घटाउन विमानस्थलको अपिल: एक यात्रुका लागि तीन जना मात्रै

काठमाडौं, चैत २७ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रु बिदाइका क्रममा हुने भीड नियन्त्रण गर्न फेरि...

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा २०७ किमि दूरी तय गर्ने लक्ष्य

गोरखा, चैत २७ — ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदमार्गमा नेपाली सेनाले चौथो संस्करणको पदयात्रा सुरु गरेको छ।...

आज २०८२ साल चैत २७ गतेको राशिफल

आज चैत २७, २०८२ ( अप्रिल १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य झगडाले लियो दुःखद मोड : पाटनमा छुरा प्रहारबाट दुई दाजुभाइको मृत्यु

ललितपुर, चैत २६ — पाटनको कृष्ण मन्दिर आसपास भएको छुरा प्रहारको घटनामा घाइते भएका दुई...

सम्पत्तिको विवादको शंका: पोखरामा एकल महिलामाथि घातक आक्रमण, अनुसन्धान तीव्र

पोखरा, चैत २६ — पोखराको सभागृह चोक क्षेत्रमा बुधबार साँझ एक महिलामाथि भएको घातक आक्रमणमा...