News Portal

पूर्वराजा ज्ञानेन्द्र शाहको गोरखा धार्मिक यात्रा, विविध अड्कलवाजीहरू जारी

पूर्वराजा ज्ञानेन्द्र शाहले यसै साता गोरखा जिल्लाका प्रमुख धार्मिक स्थलहरू गोरखनाथ, गोरखकाली र मनकामना मन्दिरमा पूजाअर्चना गर्ने तयारी गरेका छन्।

संगीता गुरुङ
३२४ पटक

काठमाडौं, चैत्र ६ – पूर्वराजा ज्ञानेन्द्र शाहले यसै साता गोरखा जिल्लाका प्रमुख धार्मिक स्थलहरू गोरखनाथ, गोरखकाली र मनकामना मन्दिरमा पूजाअर्चना गर्ने तयारी गरेका छन्।

सम्बाद सचिव डा. फणीराज पाठकले बुधबार विज्ञप्ति जारी गर्दै पूर्वराजा शाह छिट्टै गोरखा प्रस्थान गर्ने जानकारी दिएका हुन्।

हालै प्रजातन्त्र दिवसको अवसरमा शाहले दिएको अभिव्यक्ति र राजावादी समूहहरूको सक्रियताका कारण मुलुकको राजनीतिक वातावरण तातेका बेला उनको गोरखा भ्रमणलाई विशेष अर्थका साथ हेरिएको छ।

यस यात्रालाई लिएर विभिन्न अड्कलवाजीहरू भइरहेका छन्। कतिपयले यसलाई धार्मिक भ्रमणको रूपमा लिएका छन् भने केहीले यसको राजनीतिक सन्दर्भ खोजिरहेका छन्। यसबीच, उनका समर्थकहरूले पूर्वराजाको उपस्थितिलाई सकारात्मक संकेतको रूपमा हेरेका छन्।

प्रतिकृया दिनुहोस्

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...