News Portal

पूर्वराजा ज्ञानेन्द्र शाहको गोरखा धार्मिक यात्रा, विविध अड्कलवाजीहरू जारी

पूर्वराजा ज्ञानेन्द्र शाहले यसै साता गोरखा जिल्लाका प्रमुख धार्मिक स्थलहरू गोरखनाथ, गोरखकाली र मनकामना मन्दिरमा पूजाअर्चना गर्ने तयारी गरेका छन्।

संगीता गुरुङ
२६७ पटक

काठमाडौं, चैत्र ६ – पूर्वराजा ज्ञानेन्द्र शाहले यसै साता गोरखा जिल्लाका प्रमुख धार्मिक स्थलहरू गोरखनाथ, गोरखकाली र मनकामना मन्दिरमा पूजाअर्चना गर्ने तयारी गरेका छन्।

सम्बाद सचिव डा. फणीराज पाठकले बुधबार विज्ञप्ति जारी गर्दै पूर्वराजा शाह छिट्टै गोरखा प्रस्थान गर्ने जानकारी दिएका हुन्।

हालै प्रजातन्त्र दिवसको अवसरमा शाहले दिएको अभिव्यक्ति र राजावादी समूहहरूको सक्रियताका कारण मुलुकको राजनीतिक वातावरण तातेका बेला उनको गोरखा भ्रमणलाई विशेष अर्थका साथ हेरिएको छ।

यस यात्रालाई लिएर विभिन्न अड्कलवाजीहरू भइरहेका छन्। कतिपयले यसलाई धार्मिक भ्रमणको रूपमा लिएका छन् भने केहीले यसको राजनीतिक सन्दर्भ खोजिरहेका छन्। यसबीच, उनका समर्थकहरूले पूर्वराजाको उपस्थितिलाई सकारात्मक संकेतको रूपमा हेरेका छन्।

प्रतिकृया दिनुहोस्

बालेन शाह–सुदन गुरुङबीच ज्वागलमा अनौपचारिक छलफल

काठमाडौं, पुस २४ – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र काउन्सिल अफ दी जेनजीका अगुवा...

माघ ४ बाट होटल फरेष्ट इनको आइपिओ खुल्दै, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई पहिलो अवसर

काठमाडौं, पुस २४ – होटल फरेष्ट इन लिमिटेडले माघ ४ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)...

तराईमा शीतलहर बढ्यो, जनजीवन प्रभावित

काठमाडौ -तराईका जिल्लाहरूमा बाक्लो हुस्सु र चिसो अत्यधिक बढेपछि जनजीवन प्रभावित भएको छ। बिहानैदेखि सडक...

नवलपुरकी पूजा परियार १७ महिनापछि युएईबाट स्वदेश फिर्ता

अबुधाबी – वैदेशिक रोजगारीका क्रममा १७ महिना अघि हाउसमेडका रूपमा संयुक्त अरब इमिरेट्स (युएई) पुगेकी...

आज २०८२ साल पुष २४ गतेको राशिफल

आज पुष २४, २०८२ (जनवरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...