News Portal

रौतहटमा सुटकेसभित्र मृत भेटिएकी महिलाको सनाखत

४०७ पटक

रौतहट, भदौ ८ – रौतहटको गौर नगरपालिका–९ मुडवालगेटस्थित सडक किनारमा फेला परेको सुटकेसभित्र मृत भेटिएकी महिलाको पहिचान खुलेको छ।

प्रहरीका अनुसार मृतक भारतको मुजफ्फरपुर घर भएकी २६ वर्षीया रुवीकुमारी साह रहेको पुष्टि भएको हो। रुवी साह करिब एक महिनादेखि माधव नारायण नगरपालिका–२ माधवपट्टीमा डेरा लिएर बस्दै आएकी थिइन्। उनका एक छोरा समेत रहेको प्रहरीले जनाएको छ।

शनिबार राति साढे १० बजेतिर सुटकेस भेटिएपछि प्रहरी टोलीले त्यसलाई नियन्त्रणमा लिएर रातभर निगरानी गरेको थियो। आइतबार बिहान खोल्दा सल र डोरीले घाँटी बेरेको अवस्थामा महिलाको शव भेटिएको रौतहट प्रहरीका प्रवक्ता डीएसपी राजु कार्कीले जानकारी दिए।

प्रहरीले हत्या गरी शव सुटकेसभित्र राखी सडकमा फालिएको हुन सक्ने आशंका व्यक्त गरेको छ। घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...