News Portal

रौतहटमा सुटकेसभित्र मृत भेटिएकी महिलाको सनाखत

२९५ पटक

रौतहट, भदौ ८ – रौतहटको गौर नगरपालिका–९ मुडवालगेटस्थित सडक किनारमा फेला परेको सुटकेसभित्र मृत भेटिएकी महिलाको पहिचान खुलेको छ।

प्रहरीका अनुसार मृतक भारतको मुजफ्फरपुर घर भएकी २६ वर्षीया रुवीकुमारी साह रहेको पुष्टि भएको हो। रुवी साह करिब एक महिनादेखि माधव नारायण नगरपालिका–२ माधवपट्टीमा डेरा लिएर बस्दै आएकी थिइन्। उनका एक छोरा समेत रहेको प्रहरीले जनाएको छ।

शनिबार राति साढे १० बजेतिर सुटकेस भेटिएपछि प्रहरी टोलीले त्यसलाई नियन्त्रणमा लिएर रातभर निगरानी गरेको थियो। आइतबार बिहान खोल्दा सल र डोरीले घाँटी बेरेको अवस्थामा महिलाको शव भेटिएको रौतहट प्रहरीका प्रवक्ता डीएसपी राजु कार्कीले जानकारी दिए।

प्रहरीले हत्या गरी शव सुटकेसभित्र राखी सडकमा फालिएको हुन सक्ने आशंका व्यक्त गरेको छ। घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...

माधे सङग्रान्तिका लागि चिउरा कुटाउने हरुकाे घुईचाे 

रबिन्द्र बराल/मोरङ, पुष २५ – मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रमा अहिले चिउरा कुट्ने भिड भ्याई...

रत्नेचौरको तोरीबारीमा इन्द्रेणीको लाइभ सांगीतिक कार्यक्रम हुने

म्याग्दी, पुष २५ – बेनी नगरपालिका–१ स्थित रत्नेचौरको चर्चित तोरीबारीमा यही माघ १६ गते लोकप्रिय...

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–एमाले चुनावी गठबन्धनको तयारी, सिट बाँडफाँटमा गहन गृहकार्य

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच बनेको गठबन्धनलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि चुनावी गठबन्धन...

आज २०८२ साल पुष २५ गतेको राशिफल

आज पुष २५, २०८२ (जनवरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...