News Portal

विमान दुर्घटनाको असर : बोइङको शेयर धराशायी, विश्व बजारमा चहलपहल

५२२ पटक

भारतको अहमदाबादमा एयर इन्डियाको ड्रीमलाइनर विमान दुर्घटनामा परेपछि त्यसको गहिरो असर अहिले अमेरिकी शेयर बजारमा देखिएको छ। दुर्घटनापछि अमेरिकी विमान निर्माता कम्पनी बोइङको शेयर मूल्यमा भारी गिरावट आएको छ।

बिहीबार बिहान अमेरिकी शेयर बजार खुल्नुअघि प्रि-मार्केट कारोबारमा बोइङको शेयर मूल्य झण्डै ८ प्रतिशतले घटेर १९६.७५ अमेरिकी डलरमा झरेको हो। कम्पनीको इतिहासमै ‘सबैभन्दा सुरक्षित’ भनेर चिनिएको ड्रीमलाइनर विमान नै दुर्घटनाग्रस्त भएपछि बोइङमाथि फेरि सुरक्षा संकटको छायाँ मडारिएको छ।

दुर्घटनाग्रस्त विमान एयर इन्डियाको २४२ यात्रु बोकेको ड्रीमलाइनर थियो। उडेको केही मिनेटमै दुर्घटनामा परेका उक्त विमानमा अहिलेसम्म २०४ जनाको ज्यान गएको पुष्टि भइसकेको छ। बाँकी यात्रुहरूको अवस्था बारे खोजी कार्य जारी छ।

यो घटनासँगै बोइङ कम्पनीका नयाँ प्रमुख कार्यकारी अधिकृत केली ओर्थबर्गले बोकेको नेतृत्व भूमिकामा पनि ठूलो चुनौती थपिएको विश्लेषण भइरहेको छ। सुरक्षा सुधार र उत्पादन विस्तारको लक्ष्य बोकेर अगाडि बढेका ओर्थबर्गको यात्रामा यो दुर्घटनाले ठूलै अवरोध खडा गरेको छ।

कम्पनीले एक विज्ञप्ति जारी गर्दै प्रारम्भिक रिपोर्टबारे जानकारी लिइरहेको र घटनासम्बन्धी विस्तृत विवरण संकलन भइरहेको जानकारी दिएको छ। पहिले ब्याट्री समस्याका कारण ७८७ ड्रीमलाइनरहरू केही समयका लागि ग्राउन्डेड गरिएका थिए, तर यो पहिलो पटक ड्रीमलाइनर विमान घातक दुर्घटनामा परेको हो।

बोइङ यसअघि पनि ७३७ म्याक्स विमानका दुईवटा घातक दुर्घटनाका कारण लामो समय आलोचना र छानबिनको घेरामा परेको थियो। नयाँ घटनाले कम्पनीको छवि र विश्व बजारमा पुनः संकट निम्त्याएको छ।

बोइङ मात्र होइन, यसको पार्टपुर्जा आपूर्ति गर्ने प्रमुख कम्पनी स्पिरिट एयरोसिस्टम्स र इन्जिन निर्माता जीई एयरोस्पेसको शेयर मूल्यमा पनि करिब ४ प्रतिशत गिरावट आएको छ। जीई एयरोस्पेसले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत आपतकालीन प्रतिक्रिया टोली परिचालन गरी अनुसन्धानमा सक्रिय रुपमा सहयोग गरिरहेको जनाएको छ।

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...