News Portal

महेन्द्रनगरका विपिन जोशीकी आमा–बहिनीले राष्ट्रपति पौडेलसँग भेटे

२२४ पटक

काठमाडौँ, भदौ ८ – प्यालेस्टिनी समूह हमासले बन्धक बनाएका महेन्द्रनगरका विद्यार्थी विपिन जोशीको रिहाइको माग गर्दै उनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशीले राष्ट्रपति रामचन्द्र पौडेलसँग आइतबार भेटवार्ता गरे।

इजरायल भ्रमणपछि फर्किएकी आमा–बहिनीले यसअघि शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि भेटेर छोरा विपिनको रिहाइका लागि पहल गर्न अनुरोध गरेकी थिइन्।

इजरायलमा रहेको समयमा उनीहरूले त्यहाँका राष्ट्रपति, प्रधानमन्त्री र विभिन्न देशका राजदूतहरूसँग भेट गरी विपिनको बन्धक बनाइएका विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा उठाएका थिए।

भेटका क्रममा पद्मा जोशीले विपिन निर्दोष विद्यार्थी भएको भन्दै मानवीय दृष्टिले पहल गर्न राष्ट्रपति पौडेलसँग आग्रह गरिन्। राष्ट्रपति पौडेलले विपिनको रिहाइका लागि थप पहल गर्ने आश्वासन दिएका छन्।

प्रतिकृया दिनुहोस्

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...

माधे सङग्रान्तिका लागि चिउरा कुटाउने हरुकाे घुईचाे 

रबिन्द्र बराल/मोरङ, पुष २५ – मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रमा अहिले चिउरा कुट्ने भिड भ्याई...

रत्नेचौरको तोरीबारीमा इन्द्रेणीको लाइभ सांगीतिक कार्यक्रम हुने

म्याग्दी, पुष २५ – बेनी नगरपालिका–१ स्थित रत्नेचौरको चर्चित तोरीबारीमा यही माघ १६ गते लोकप्रिय...

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–एमाले चुनावी गठबन्धनको तयारी, सिट बाँडफाँटमा गहन गृहकार्य

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच बनेको गठबन्धनलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि चुनावी गठबन्धन...

आज २०८२ साल पुष २५ गतेको राशिफल

आज पुष २५, २०८२ (जनवरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...