News Portal

काठमाडौंमा ट्राफिक प्रहरीद्वारा सर्वसाधारणमाथि निर्घात कुटपिट : भिडियो सामाजिक सञ्जालमा भाइरल

संगीता गुरुङ
३५२ पटक

काठमाडौं, वैशाख ११ – काठमाडौं उपत्यकामा खिचिएको भनिएको एक भिडियोले अहिले सामाजिक सञ्जाल तताएको छ, जहाँ ट्राफिक प्रहरीले एक सर्वसाधारणलाई अत्यन्तै निर्घात रूपमा कुटपिट गरिरहेको देखिन्छ।

भिडियोमा कीर्तिपुर यातायात लेखिएको बस नजिकै चार जना ट्राफिक प्रहरी देखिन्छन्। तीमध्ये एक जनाले सर्वसाधारणलाई बुटले अनुहारमा हानेका छन् भने अन्य तीन जना त्यो घटनालाई हेरिरहेका मात्र देखिन्छन्। त्यसपछि उक्त पीडितलाई छाती समातेर थप प्रहार गरी उनको कागजात र मोबाइल फालिएको दृश्य पनि स्पष्ट देखिन्छ।

उक्त घटनाबारे उपत्यका ट्राफिक प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक (एसपी) दीपक गिरीले जानकारी दिँदै भिडियो कम्तीमा दुई महिनाभन्दा पुरानो भएको अनुमान गरे। “भिडियोमा ट्राफिकहरूले ज्याकेट लगाएका छन्, तर हामीले त्यो पोशाक प्रयोग गर्न छाडेको दुई महिनाभन्दा बढी भइसकेको छ,” गिरीले बताए।

भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरू आक्रोशित छन्। धेरैले यसलाई “राज्य आतंक”को संज्ञा दिँदै प्रहरीको व्यवहारप्रति गम्भीर प्रश्न उठाएका छन्।

एसपी गिरीका अनुसार कुटपिटमा संलग्न देखिएका प्रहरी जवानबारे पहिचानको प्रक्रिया अगाडि बढाइएको छ। घटनाबारे विस्तृत छानबिन भइरहेको जानकारी दिँदै उनले दोषीमाथि कारबाही हुने स्पष्ट पारे।

यस घटनाले प्रहरीले आम नागरिकप्रति गर्ने व्यवहार र जवाफदेहीतालाई लिएर पुनः बहस सुरु गराएको छ।

 

प्रतिकृया दिनुहोस्

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...