News Portal

अन्तत: कुलमान घिसिङलाई हटाई छाडे

हिमालीसंचार संवाददाता
४१२ पटक

चैत्र ११, काठमाडौं – नेपाल विद्युत् प्राधिकरणको नयाँ कार्यकारी निर्देशकका रूपमा हितेन्द्र देव शाक्य नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई नेतृत्वको जिम्मेवारी दिने निर्णय गरेको हो।

ऊर्जा मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्ले शाक्यलाई प्राधिकरणको कार्यकारी प्रमुख बनाउने निर्णय गरेको हो। सोही निर्णयअनुसार, हाल कार्यरत कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गरिएको छ। घिसिङको चार वर्षीय कार्यकाल आगामी साउन २४ गते पूरा हुने तय भए पनि सरकारले समयअगावै उनलाई हटाउने निर्णय गरेको हो।

डेडिकेटेड र ट्रंक लाइन व्यवस्थापनको विषयलाई लिएर पछिल्लो समय घिसिङ विवादमा तानिएका थिए। उद्योगहरूलाई लाइन काट्ने निर्णयलाई लिएर सरकार र घिसिङबीच लामो समयदेखि मतभेद रहँदै आएको थियो।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ७ गतेको राशिफल

आज वैशाख ७, २०८३ ( अप्रिल २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

भुटानी शरणार्थी समस्या समाधानका लागि सरकारसँग सक्रिय पहलको माग

लन्डन, वैशाख ६ — भुटानी शरणार्थी समस्या दीर्घकालीन रूपमा टुंग्याउन र भुटानमा रहेका नेपालीभाषी राजनीतिक...

अबैध रूपमा खोला उत्खनन, नगरपालिका मौन

मोरङ, वैशाख ६/रविन्द्र बराल – मोरङको रतुवामाई नगरपालिका–५ स्थित रतीलाल टोल नजिक रहेको बक्राहा खोलामा अवैध...

भोलिदेखि गोरखाका सामुदायिक विद्यालय सञ्चालनमा आउने

गोरखा, वैशाख ६ — गोरखा जिल्लाका सामुदायिक विद्यालयहरुमा भोलि सोमबारदेखि पठनपाठन सुरु गरिने भएको छ।...

आज २०८३ साल वैशाख ६ गतेको राशिफल

आज वैशाख ६, २०८३ ( अप्रिल १९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...