News Portal

  • गृहपृष्ठ मुख्य खबर, राजनीति, समाचार

    रास्वपाको आरोप: “सभापति लामिछानेलाई काठमाडौं सार्न गृह मन्त्रालयकै चलखेलले अवरोध भयो”

    काठमाडौं, जेठ २३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेलाई रूपन्देही कारागारबाट राजधानीको डिल्लीबजार कारागारमा स्थानान्तरण गर्न गरिएको प्रयासमा राज्यपक्षको असहयोग रहेको भन्दै गम्भीर आपत्ति जनाएको छ। पार्टीले सबै कानुनी प्रक्रिया पुरा गरी...बाँकी

    बिहे विवादले निम्त्यायो रगतको भेल : युवाद्वारा बुबा र छिमेकीको हत्या

    रुपन्देही, जेठ २३ – पश्चिम नवलपरासीको सुनवल नगरपालिका–२ अमरैयामा पारिवारिक विवादले भीषण रूप लिँदा एउटै घटनामा दुई जनाको ज्यान गएको छ। २५ वर्षीय हेमराज थारुले आफ्नै ५० वर्षीय बुबा जयराम थारुलाई कोदालो प्रहार गरी विभत्स...बाँकी

    स्याङ्जामा ट्रक र स्कुटर ठोक्किँदा २४ वर्षीया युवतीको निधन

    स्याङ्जा, जेठ २३ – सिद्धार्थ राजमार्गमा शुक्रबार बिहान भएको एक दुःखद सवारी दुर्घटनामा परी २४ वर्षीया एक युवतीले ज्यान गुमाएकी छन्। फेदीखोला गाउँपालिका–१ कुभिण्डे नजिकै पोखरातर्फ गइरहेको ट्रक र सोही दिशातर्फ गइरहेको स्कुटर एकआपसमा ठोक्किँदा...बाँकी

    रंगेली प्रहरीले शान्ति सुरक्षामा चासो नदिएको आरोप, पुनः ट्रान्सफर्मर चोरी

    मोरङ, जेठ २३  — इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक नगेन्द्र बोगटी काठमाडौंबाट सरुवा भएर आएको दुई महिना नपुग्दै सुरक्षा चुनौती थपिएको छ। स्थानीयवासीका अनुसार रंगेली क्षेत्रमा विगतमा सामान्य चोरीका घटना मात्र हुँदै आएका थिए।...बाँकी

    सुनवर्षीमा सवारी दुर्घटना: नविनको मृत्यु

    मोरङ, जेठ २३ — सुनवर्षी नगरपालिका–९, मलढैया स्थित झपडतल–डाइनिया हुलाकी सडकखण्डमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। झपडतलबाट डाइनिया तर्फ जाँदै गरेको मे.७प. १०२९ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई सडक छेउमा बिग्रिएर रोकिएको...बाँकी

    विश्व वातावरण दिवस धूमधामका साथ मनाइयो

    मोरङ, जेठ २३ – कानेपोखरी–३ स्थित श्री शिक्षा सदन माध्यमिक विद्यालय, हरकपुरले विशेष कार्यक्रम गरी विश्व वातावरण दिवस २०२५ जुन ५ मनाएको छ। ‘प्लास्टिक प्रदूषण न्यूनीकरण, हामी सबैको दायित्व’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा...बाँकी

    अमेरिकाले नेपालीका लागि टीपीएस सुविधा हटायो, हजारौंलाई फर्किनुपर्ने स्थिति

    काठमाडौं, जेठ २३ – संयुक्त राज्य अमेरिकाले नेपाली नागरिकलाई दिँदै आएको अस्थायी सुरक्षा सुविधा (Temporary Protected Status – TPS) अब पूर्ण रूपमा अन्त्य गर्ने निर्णय लिएको छ। डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको पछिल्लो निर्णय अनुसार, यस...बाँकी

    गैरआवासीय नेपालीका लागि छुट्टै नागरिकता विधेयक आवश्यक : गृहमन्त्री लेखक

    काठमाडौं, जेठ २३ – सरकारले गैरआवासीय नेपाली (NRN) हरूको दीर्घकालीन मागलाई सम्बोधन गर्न छुट्टै नागरिकता विधेयकको तयारी अन्तिम चरणमा पुर्‍याएको छ। गृहमन्त्री रमेश लेखकले शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा...बाँकी

    आईपीओमा लगानीको अवसर: हिम स्टार ऊर्जा कम्पनीले ३० प्रतिशत सेयर सर्वसाधारणका लागि खुला गर्दै

    काठमाडौं, जेठ २३ – ओखलढुंगा र सोलुखुम्बु जिल्लाको सीमाक्षेत्रमा जलविद्युत आयोजना सञ्चालन गर्दै आएको हिम स्टार ऊर्जा कम्पनी लिमिटेडले आफ्ना प्राथमिक सेयर (आईपीओ) निष्कासन प्रक्रिया अगाडि बढाएको छ। कम्पनीले आगामी जेठ ३० गतेदेखि पहिलो चरणको...बाँकी

    पतञ्जलि जग्गा प्रकरणः पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध अख्तियारले दायर गर्‍यो भ्रष्टाचार मुद्दा

    काठमाडौं, जेठ २२ – पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेसँगै झण्डै १५ वर्षअघिको पतञ्जलि जग्गा प्रकरण फेरि चर्चामा आएको छ। भारतको पतञ्जलि योगपीठले नेपालमा आयुर्वेदिक अस्पताल, शिक्षालय र...बाँकी