News Portal

उदयपुर मिलिजुलि समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

६३ पटक

कुवेत – उदयपुर मिलिजुलि समाजको आयोजनामा ०९ जनवरी २०२६ का दिन आयोजित रक्तदान–जीवनदान कार्यक्रम उत्साहपूर्ण सहभागिताका साथ सभ्य र भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा समाजसेवी, बुद्धिजीवी, स्वयंसेवक, रक्तदाता तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा रक्तदानको महत्व, मानव जीवनमा यसको योगदान तथा सामाजिक उत्तरदायित्वबारे जानकारी गराइएको थियो। सो अवसरमा ३५ जनाले स्वेच्छिक रूपमा रक्तदान गरेका थिए।

कार्यक्रम सफल बनाउन आयोजक समिति, स्वयंसेवक टोली तथा चिकित्सक–प्राविधिक टिमको सक्रिय सहयोग रहेको उदयपुर मिलिजुलि समाजले जनाएको छ। समाजले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने सबैप्रति धन्यवाद व्यक्त गरेको छ।

संस्थाका अध्यक्षले यस्ता मानवतामूलक कार्यक्रमहरू आगामी दिनहरूमा पनि निरन्तर सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरेका छन्।

 

प्रतिकृया दिनुहोस्

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

उदयपुर मिलिजुलि समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कुवेत – उदयपुर मिलिजुलि समाजको आयोजनामा ०९ जनवरी २०२६ का दिन आयोजित रक्तदान–जीवनदान कार्यक्रम उत्साहपूर्ण...

सन्सारीमाई मन्दिरमा पर्यटन मन्त्री पराजुलीको निरीक्षण, साता दिनभित्र शौचालय सञ्चालनको निर्देशन

मोरङ– मोरङको सन्सारीमाई मन्दिरमा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भिम पराजुलीले शनिबार बिहान...