News Portal

उदयपुर मिलिजुलि समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

३१३ पटक

कुवेत – उदयपुर मिलिजुलि समाजको आयोजनामा ०९ जनवरी २०२६ का दिन आयोजित रक्तदान–जीवनदान कार्यक्रम उत्साहपूर्ण सहभागिताका साथ सभ्य र भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा समाजसेवी, बुद्धिजीवी, स्वयंसेवक, रक्तदाता तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा रक्तदानको महत्व, मानव जीवनमा यसको योगदान तथा सामाजिक उत्तरदायित्वबारे जानकारी गराइएको थियो। सो अवसरमा ३५ जनाले स्वेच्छिक रूपमा रक्तदान गरेका थिए।

कार्यक्रम सफल बनाउन आयोजक समिति, स्वयंसेवक टोली तथा चिकित्सक–प्राविधिक टिमको सक्रिय सहयोग रहेको उदयपुर मिलिजुलि समाजले जनाएको छ। समाजले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने सबैप्रति धन्यवाद व्यक्त गरेको छ।

संस्थाका अध्यक्षले यस्ता मानवतामूलक कार्यक्रमहरू आगामी दिनहरूमा पनि निरन्तर सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरेका छन्।

 

प्रतिकृया दिनुहोस्

सिर्जना पौडेल हत्या प्रकरण : कारागारमै बसेर बनेको योजना, ५ जना पक्राउ

कास्की, वैशाख ३ – पोखरामा २५ चैत साँझ सभागृह चोक नजिक खुँडा प्रहार गरी ४२...

रास्वपाद्वारा मन्त्री र सांसदका लागि लेबी निर्धारण

काठमाडौं, वैशाख ३ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मन्त्री, सांसद तथा उनीहरूका स्वकीय कर्मचारीका लागि...

रास्वपा संसदीय दलको बैठक सुरु, सभापति उम्मेदवार चयनमा छलफल

काठमाडौं, वैशाख ३ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सिंहदरबारस्थित दलको कार्यालयमा सुरु भएको...

अस्पतालका निःशुल्क बेड अब अनलाइनमार्फत हेर्न मिल्ने

काठमाडौं, वैशाख ३ – सरकारले देशभरका अस्पतालमा विपन्न र असहाय बिरामीका लागि छुट्याइएको १० प्रतिशत...

आज २०८३ साल वैशाख ३ गतेको राशिफल

आज वैशाख ३, २०८३ ( अप्रिल १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...