News Portal

काठमाडौंमा खुला ठाउँमा फोहोर फाल्न रोक, उल्लङ्घन गरे १० हजार जरिवाना

१२० पटक

काठमाडौं, कार्तिक २३ – काठमाडौं महानगरपालिकाले अब खुला ठाउँमा प्लास्टिक, प्लास्टिकजन्य सामग्री र फोहोर फाल्न रोक लगाएको छ। महानगरको वातावरण व्यवस्थापन विभागले चेतावनी दिँदै उल्लङ्घन गर्नेलाई प्रतिव्यक्ति १० हजार रुपैयाँ जरिवाना हुने जनाएको छ।

जाडो मौसम सुरु भएसँगै फोहोर खुला ठाउँमा फाल्ने क्रम बढेको र यसले वायु प्रदूषणमा वृद्धि गर्न सक्ने भएकाले यस्तो कदम चालिएको विभागले जनाएको छ। विभाग प्रमुख सरिता राईका अनुसार, यस निर्णयले जनस्वास्थ्य र वातावरणमा पर्ने नकारात्मक असर कम गर्ने उद्देश्य राखिएको हो।

महानगरले जनाएको छ कि वायु प्रदूषण बालबालिका, ज्येष्ठ नागरिक, दम तथा खोकीका बिरामी, मुटु रोगी र दीर्घ रोगीहरूमा बढी असर पुर्‍याउँछ। नियमको उल्लङ्घन गर्नेहरूलाई काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ र आर्थिक ऐन, २०८२ अनुसार कारबाही गरिने छ।

प्रतिकृया दिनुहोस्

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...