News Portal

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

४९९ पटक

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको छ। ४२ वर्षका तामाङ पछिल्लो समय बलिउड स्टार सलमान खान अभिनीत फिल्म ‘ब्याटल अफ गलवान’ मा अभिनय गरिरहेका थिए।

सन् २००७ मा सोनी टेलिभिजनको चर्चित रियालिटी शो ‘इन्डियन आइडल’ जितेपछि तामाङ अन्तर्राष्ट्रिय रूपमा परिचित भएका थिए। औपचारिक रूपमा संगीत शिक्षा नलिएका उनी यही प्रतियोगितामार्फत गायन क्षेत्रमा स्थापित भएका हुन्। शो जितेपछि उनले पोखरा र काठमाडौँमा ठूला सांगीतिक कार्यक्रम पनि गरेका थिए।

गायनसँगै उनले नेपाली चलचित्र क्षेत्रमा पनि आफ्नो पहिचान बनाएका थिए। ‘गोर्खा पल्टन’ बाट अभिनय यात्रा सुरु गरेका तामाङ ‘परदेशी’ र ‘परदेशी २’ मा मुख्य भूमिकामा देखिएका थिए। यी तीनै फिल्म दर्शकमाझ सफल मानिन्छन्।

उनका निर्माता राजेश बंशलका अनुसार तामाङ अहिले ‘ब्याटल अफ गलवान’ मा चिनियाँ सेनाको भूमिकामा देखिँदै थिए र फिल्मको डबिङ अझै बाँकी थियो। “डबिङका लागि चिनियाँ भाषा सिक्ने तयारी गर्दैछु भनेर भन्नुहुन्थ्यो,” बंशलले भने, “अचानक उनको निधनको खबरले निकै स्तब्ध बनाएको छ।”

दार्जिलिङमा जन्मिएका तामाङ भारतीय प्रहरीमा समेत कार्यरत थिए। पिताको निधनपछि उनलाई कोलकाता प्रहरीमा जागिरको अवसर मिलेको थियो। मिलनसार, सहयोगी र मेहनती स्वभावका तामाङको असामयिक निधनले नेपाली तथा भारतीय कला क्षेत्रमा शोकको माहोल छाएको छ।

प्रतिकृया दिनुहोस्

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...