News Portal

आदर्श मावि रंगेलीको ४१औँ उत्सवमा हिमाली संचारका पत्रकार बराल सम्मानित

१०८ पटक

रंगेली– मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित आदर्श माध्यमिक विद्यालय रंगेलीले आफ्नो ४१औँ वार्षिक उत्सव तथा अभिभावक दिवस शनिबार भव्य रूपमा सम्पन्न गरेको छ।

उत्सवका अवसरमा विद्यालयले आन्तरिक अतिरिक्त क्रियाकलाप, हाजिरीजवाफ प्रतियोगिता र हस्तलेखन प्रतियोगिता आयोजना गरेको थियो। साथै, विद्यार्थीहरूले मम, भक्का, पानीपुरीलगायतका परिकार तयार गरी बिक्रीसमेत गरेका थिए। कार्यक्रममा विज्ञान प्रयोगशाला सामग्री तथा लोपोन्मुख वस्तुहरूको संकलन गरी प्रदर्शनीमा राखिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि रंगेली नगरपालिकाकी उपप्रमुख भुमा पराजुली रहेकी थिइन् भने विशिष्ट अतिथि शिक्षा विकास तथा समन्वय इकाई मोरङका प्रमुख सालिग्राम दाहाल रहेका थिए। त्यसैगरी वडा अध्यक्ष रामचन्द्र मण्डल, विद्यालयका प्रधानाध्यापक विश्व सिंह मेवाहाङ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विरेंद्र मण्डल, स्थानीय समाजसेवी मचिन्द्र कटुवाल, नेपाल शिक्षक संघ मोरङका अध्यक्ष विनोद यादव, नेपाल शिक्षक महासंघ रंगेलीका अध्यक्ष चिरञ्जीवी काफ्ले लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा विद्यालयका पूर्व शिक्षक, वर्तमान शिक्षक तथा विभिन्न व्यक्तित्वलाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो। साथै, मोफसल क्षेत्रमा रही लामो समयदेखि पत्रकारिता गर्दै आएका एभिन्युज टेलिभिजन मोरङ संवाददाता, सप्तकोशी टेलिभिजन, हिमाली सञ्चार, थारु पोर्टल अनलाइन, रंगेली अपडेट, हिमपात अनलाइन, मुलुकी खबर, आवर विराटनगर, साइनो खबरलगायत आधा दर्जनभन्दा बढी अनलाइन मिडियामा आबद्ध पत्रकार रबिन्द्र बराललाई समेत विद्यालयलेस् सम्मान गरेको छ।

कार्यक्रममा अतिथिहरूले स्थानीय सरकारले सामुदायिक विद्यालयहरूको रेखदेख गर्न थालेपछि पठनपाठन र भौतिक संरचनामा उल्लेखनीय सुधार आएको बताएका थिए।

विद्यालयको वार्षिक प्रतिवेदन प्रधानाध्यापक विश्व सिंह मेवाहाङले प्रस्तुत गरेका थिए। कार्यक्रममा स–साना बालबालिकाले प्रस्तुत गरेको नृत्य तथा सांस्कृतिक कार्यक्रमले उपस्थित अभिभावक र अतिथिहरूलाई मनोरञ्जन प्रदान गरेको थियो।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ६ गतेको राशिफल

आज माघ ६, २०८२ (जनवरी २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कांग्रेस नेता चन्द्र थापाः एकता र सहकार्य आजको आवश्यकता

धादिङ – आगामी निर्वाचनमा प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसका नेता चन्द्र थापाले पार्टीभित्रका...

अमरेशकुमार सिंहले बालेन शाहलाई प्रधानमन्त्री बनाइदिन आग्रह, नभए आत्मदाहको चेतावनी

काठमाडौं, ५ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै...

तराईमा गोबरका दाउरा बनाउँदै महिलाहरू

रबिन्द्र बराल/मोरङ, माघ ५ – मोरङको रङ्गेली, सुनबर्सी, रतुवामाई तथा धनपालथान क्षेत्रका गरिब तथा अतिविपन्न...

पोखराको फोहोर व्यवस्थापन संकट : विवाद, अव्यवस्था र दुर्गन्धले सहर आक्रान्त

पोखरा, माघ ५ – पर्यटकीय सहर पोखरा अहिले फोहोर व्यवस्थापनको गम्भीर संकटमा फसेको छ ।...