News Portal

धनपालथानका सुर्जालालका छोराको आँखा उपचारका लागि सहयोगको अपिल

२४४ पटक

रबिन्द्र बराल/मोरङ, कार्तिक २४ – मोरङको धनपालथान गाउँपालिका वडा नं. ५ स्थित रामपुर बैरियामा वर्षौंदेखि बसोबास गर्दै आएका सुर्जलाल कामत र उनकी पत्नी अमला देवी कामत अहिले आफ्नो छोराको उपचारका लागि गाउँघरमा आर्थिक सहयोग मागिरहेका छन्।

कार्तिक १ गते खेल्ने क्रममा उनका ८ वर्षका छोरा कृष्ण कामतको दाहिने आँखामा चोट लागेपछि उनलाई बिराटनगरस्थित रामलाल गोलेश्वर आँखा अस्पतालमा उपचारका लागि लगियो। उपचारका क्रममा डाक्टरले कृष्णको आँखामा रहेका नसामा समस्या रहेको र अब उनको दृष्टि गुम्ने सम्भावना रहेको बताएका थिए। डाक्टरले नयाँ आँखा प्रत्यारोपण गर्न सकिने बताए, तर यसको खर्च ३ देखि ४ लाख रुपैयाँसम्म लाग्ने जनाएका छन्।

सन्‍सारमा अत्यन्त विपन्न परिवारमा पर्छन् सुर्जलाल र उनका परिवार। उनीहरु एक कठ्ठा अलानी जग्गामा बसोबास गर्दै आएका छन्। परिवारमा आमा, दुई छोरी र छोरा गरी ६ जना सदस्य छन्।

अहिलेसम्म उनीहरूले गाउँघरमा १०–२० रुपैयाँ सहयोग मागेर ४ हजार रुपैयाँ संकलन गरेका छन्। बिहान ८ बजेदेखि साँझसम्म गाउँमा सहयोग माग्दा ५०० देखि १,००० रुपैयाँसम्म चन्दा उठाउने गरेका छन्। तर, कहिलेकाहीँ गाउँमा मानिसहरूले सहयोग गर्न आनाकानी गर्ने र गाली गर्ने पनि गरेका छन्।

दैनिक ज्याला मजदुरी गरेर परिवारको पालनपोषण गर्दै आएका सुर्जलाललाई अहिले छोराको उपचारका लागि आर्थिक सहयोग आवश्यक छ। त्यसैले, देश–विदेशमा रहेका नेपाली सहयोगीहरूलाई कृष्णको आँखाको उपचारका लागि आर्थिक सहयोग गर्न अपिल गरिएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...