News Portal

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

२४९ पटक

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला परेको छ।

आइतबार भरतपुर महानगरपालिका–२९ स्थित सिमलताल दुर्घटनास्थलबाट करिब ३ सय मिटर तल त्रिशूली नदी किनारको बालुवामा गाडिएको अवस्थामा बसको अगाडिको ड्राइभरतर्फको चक्का (डिस्क) तथा केही टिनका भाग भेटिएको हो। बिहान नदीमा माछा मार्ने क्रममा स्थानीय रोशन भुजेलले बसका केही भाग देखेपछि प्रहरीलाई खबर गरेका थिए।

सूचना प्राप्त भएपछि घटनास्थलमा पुगेको प्रहरी टोलीले अवशेषको पुष्टि गर्दै थप खोतल्ने काम सुरु गरेको छ। अवशेष फेला परेपछि १८ महिनाअघि भएको उक्त भीषण दुर्घटनाको स्मृति फेरि ताजा बनेको छ।

उक्त दुर्घटनामा वीरगन्जबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बस त्रिशूली नदीमा खसेका थिए।

दुर्घटनाका समयमा दुवै बसमा गरी ६५ जना यात्रु सवार थिए। तीमध्ये तीन जनाको घाइते अवस्थामा उद्धार गरिएको थियो भने १९ जनाको शव फेला परेको थियो। बाँकी ४३ जना यात्रु हालसम्म पनि बेपत्ता रहेका छन्।

घटनासँग सम्बन्धित थप अवशेष तथा बेपत्ता यात्रुको खोजीबारे प्रहरी र सम्बन्धित निकायले अनुसन्धानलाई निरन्तरता दिएका छन्।

प्रतिकृया दिनुहोस्

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...

बाल विवाह आरोपपछि पक्राउ युवकको मृत्यु प्रकरण विवादमा

सिन्धुली, १० वैशाख – बाल विवाहको आरोपमा पक्राउ परेका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा...