News Portal

माधे सङ्क्रान्तिका लागि चिउरा कुटाउनेको घुइँचो

४२ पटक

रबिन्द्र बराल मोरङ– मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रका कुटानी–पिसानी मिलहरूमा यतिबेला चिउरा कुटाउने सर्वसाधारणको घुइँचो लागेको छ। वर्षको अन्तिम पर्व तथा थारु समुदायको प्रमुख चाडका रूपमा मनाइने माघे (माधे) सङ्क्रान्ति नजिकिँदै जाँदा मिलहरू भ्याइनभ्याइ अवस्थामा पुगेका छन्।

विशेषगरी थारु समुदायले उत्साहपूर्वक मनाउने माघी पर्वका लागि आवश्यक चिउरा कुटाउन सर्वसाधारण बिहानैदेखि मिलमा लाइन बसेर आफ्नो पालो कुर्न थालेका छन्। रंगेली नगरपालिका–३ स्थित बजरङ्ग लघु उद्योग अन्तर्गतको कुटानी–पिसानी मिलमा अहिले रंगेली, दरबेशा, रञ्जनी, निसानथान लगायतका स्थानबाट दैनिक ठूलो संख्यामा मानिसहरू चिउरा कुटाउन आउने गरेका छन्।

उक्त मिलमा सर्वसाधारणले दैनिक १० केजीदेखि ५० केजीसम्म धान चिउरा कुटाउन ल्याउने गरेका छन्। मिल सञ्चालिका मिना खत्री साहका अनुसार माघे सङ्क्रान्ति नजिकिँदै जाँदा मिलमा दैनिक १ हजार ५ सयदेखि २ हजार केजीसम्म चिउरा उत्पादन हुने गरेको छ।

चिउरा बनाउन धानलाई एक दिन अगाडि रातभर पानीमा भिजाइने गरिन्छ। भोलिपल्ट बिहान पानीबाट निकालेर मिलमा लगी कराहीमा भुटेर सुकाइन्छ र त्यसपछि मेसिनमा हालेर चिउरा तयार गरिन्छ।

माघ १ गतेका दिन उक्त चिउरालाई सक्खरसँग मिसाएर लड्डु बनाइ घरमा रहेका देवी–देउतालाई चढाउने र प्रसादस्वरूप खाने चलन रहेको स्थानीयहरू बताउँछन्।

 

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

उदयपुर मिलिजुलि समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कुवेत – उदयपुर मिलिजुलि समाजको आयोजनामा ०९ जनवरी २०२६ का दिन आयोजित रक्तदान–जीवनदान कार्यक्रम उत्साहपूर्ण...

सन्सारीमाई मन्दिरमा पर्यटन मन्त्री पराजुलीको निरीक्षण, साता दिनभित्र शौचालय सञ्चालनको निर्देशन

मोरङ– मोरङको सन्सारीमाई मन्दिरमा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भिम पराजुलीले शनिबार बिहान...

आदर्श मावि रंगेलीको ४१औँ उत्सवमा हिमाली संचारका पत्रकार बराल सम्मानित

रंगेली– मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित आदर्श माध्यमिक विद्यालय रंगेलीले आफ्नो ४१औँ वार्षिक उत्सव तथा...

धुवाँभित्र देखिएको अनुहार

ठमेल – काठमाडौँको ठमेलस्थित एक डान्स क्लबमा शुक्रबार राति भएको रङ्गीन माहोलभित्र एउटा भावुक क्षणले...