News Portal

माधे सङ्क्रान्तिका लागि चिउरा कुटाउनेको घुइँचो

२७७ पटक

रबिन्द्र बराल मोरङ– मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रका कुटानी–पिसानी मिलहरूमा यतिबेला चिउरा कुटाउने सर्वसाधारणको घुइँचो लागेको छ। वर्षको अन्तिम पर्व तथा थारु समुदायको प्रमुख चाडका रूपमा मनाइने माघे (माधे) सङ्क्रान्ति नजिकिँदै जाँदा मिलहरू भ्याइनभ्याइ अवस्थामा पुगेका छन्।

विशेषगरी थारु समुदायले उत्साहपूर्वक मनाउने माघी पर्वका लागि आवश्यक चिउरा कुटाउन सर्वसाधारण बिहानैदेखि मिलमा लाइन बसेर आफ्नो पालो कुर्न थालेका छन्। रंगेली नगरपालिका–३ स्थित बजरङ्ग लघु उद्योग अन्तर्गतको कुटानी–पिसानी मिलमा अहिले रंगेली, दरबेशा, रञ्जनी, निसानथान लगायतका स्थानबाट दैनिक ठूलो संख्यामा मानिसहरू चिउरा कुटाउन आउने गरेका छन्।

उक्त मिलमा सर्वसाधारणले दैनिक १० केजीदेखि ५० केजीसम्म धान चिउरा कुटाउन ल्याउने गरेका छन्। मिल सञ्चालिका मिना खत्री साहका अनुसार माघे सङ्क्रान्ति नजिकिँदै जाँदा मिलमा दैनिक १ हजार ५ सयदेखि २ हजार केजीसम्म चिउरा उत्पादन हुने गरेको छ।

चिउरा बनाउन धानलाई एक दिन अगाडि रातभर पानीमा भिजाइने गरिन्छ। भोलिपल्ट बिहान पानीबाट निकालेर मिलमा लगी कराहीमा भुटेर सुकाइन्छ र त्यसपछि मेसिनमा हालेर चिउरा तयार गरिन्छ।

माघ १ गतेका दिन उक्त चिउरालाई सक्खरसँग मिसाएर लड्डु बनाइ घरमा रहेका देवी–देउतालाई चढाउने र प्रसादस्वरूप खाने चलन रहेको स्थानीयहरू बताउँछन्।

 

 

प्रतिकृया दिनुहोस्

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...

बाल विवाह आरोपपछि पक्राउ युवकको मृत्यु प्रकरण विवादमा

सिन्धुली, १० वैशाख – बाल विवाहको आरोपमा पक्राउ परेका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा...