News Portal

पिएसबी नेपालको वार्षिकोत्सवमा ‘एनटिभी वर्ल्ड’को प्रसारण सुरु

२१५ पटक

काठमाडौं, कार्तिक २३ – नेपाल टेलिभिजनले अंग्रेजी भाषामा नयाँ च्यानल ‘एनटिभी वर्ल्ड’ सञ्चालनमा ल्याएको छ। सार्वजनिक सेवा प्रसारण (PSB) नेपालको पहिलो वार्षिकोत्सवका अवसरमा आइतबार एक विशेष समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलले उक्त च्यानलको औपचारिक शुभारम्भ गर्नुभयो।

पिएसबी नेपालका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टका अनुसार यो च्यानलले नेपालबारे विश्व समुदायलाई जानकारी दिने र अन्तर्राष्ट्रिय जगतमा देशको पहिचान मजबुत बनाउने लक्ष्य राखेको छ। उनका अनुसार ‘एनटिभी वर्ल्ड’ चौबीसै घण्टा प्रसारण हुनेछ।

सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमै अंग्रेजी च्यानल सञ्चालनको योजना अघि सारेको थियो, जसको कार्यान्वयन आजदेखि औपचारिक रूपमा सुरु भएको हो।

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...