News Portal

  • गृहपृष्ठ अपराध, समाचार

    पाटन अस्पतालबाट फरार थुनुवा कञ्चनपुरमा पक्राउ

    चैत्र ८, ललितपुर – पाटन अस्पतालबाट भागेका १९ वर्षीय दीपक साउदलाई प्रहरीले कञ्चनपुरमा पक्राउ गरेको छ। बलात्कार आरोपमा हिरासतमा रहेका अछामका साउद बुधबार दिउँसो शौचालयको झ्यालबाट भागेका थिए। ललितपुर प्रहरीका अनुसार, उनलाई बिहीबार राति गड्डाचौकी...बाँकी

    स्वर्णलक्ष्मी सहकारी प्रकरण: रवि लामिछाने पुनरावेदनका लागि उच्च अदालत जाँदै

    चैत्र ८, काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने स्वर्णलक्ष्मी सहकारी बचत अपचलन प्रकरणमा पुनरावेदनका लागि आज पाटन उच्च अदालत जाने भएका छन्। सूत्रका अनुसार लामिछाने बिहान ११ बजे अदालत पुगेर पुनरावेदन...बाँकी

    एनआरएनए एनसीसी अमेरिकाको बैठकः एकताको दिशामा नयाँ सहमति

    काठमाडौँ। सर्वोच्च अदालतको परमादेशपछि गठित गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को उच्चस्तरीय समितिले आयोजना गरेको मे ३–५, २०२५ मा काठमाडौँमा हुने अन्तर्राष्ट्रिय एकताको महाधिवेशनका लागि विभिन्न देशहरूमा विभाजित भएका पक्षहरूको आपसी बैठक हुन थालेको छ। एनआरएनए अमेरिकामा...बाँकी

    खल्तीमा मोबाइल विस्फोट हुँदा युवक घाइते, अण्डकोषमा गम्भीर चोट

    मध्यप्रदेश, भारत – मोबाइल फोनको अत्यधिक प्रयोगसँगै यसलाई खल्तीमा राख्ने चलन सामान्य बनिसकेको छ। तर, मध्यप्रदेशको राजगढ जिल्लामा यही बानी एक युवकका लागि दुर्भाग्यपूर्ण बन्यो। खल्तीमा राखिएको मोबाइल अचानक विस्फोट हुँदा १९ वर्षीय अरविन्द कुमार...बाँकी

    साताभर ओरालो: सेयर बजार निरन्तर घट्दा लगानीकर्तामा चिन्ता

    चैत्र ७, काठमाडौं – यो साताभर सेयर बजार निरन्तर ओरालो लाग्दा लगानीकर्ताहरूमा चिन्ता बढेको छ। साताको पहिलो दिन आइतबारदेखि सुरू भएको गिरावट बिहीबारसम्म रोकिएन। बिहीबार नेप्से परिसूचक १२.२८ अंकले घट्दै २,६६९.७६ विन्दुमा पुगेको छ। यसअघि...बाँकी

    नुवाकोटमा बसको ठक्करबाट महिलाको मृत्यु

    चैत्र ७, नुवाकोट – नुवाकोटको तारकेश्वर गाउँपालिका-१, छापडाँडामा बसको ठक्करबाट एक महिलाको ज्यान गएको छ। स्थानीय ३७ वर्षीया मञ्जु तामाङको उक्त दुर्घटनामा मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार, काठमाडौंबाट लर्केपतर्फ जाँदै गरेको बा२ख...बाँकी

    पश्चिम नवलपरासीमा अवैध हुण्डी कारोबारमा संलग्न दुई जना पक्राउ

    चैत्र ७, पश्चिम नवलपरासी – प्रहरीले अवैध हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा दुई जनालाई नियन्त्रणमा लिएको छ। रामग्राम नगरपालिका–५ स्थित बाईपास क्षेत्रमा विशेष सूचनाका आधारमा गरिएको निगरानीपछि उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेहरूमा पाल्हिनन्दन गाउँपालिका–२...बाँकी

    साँझको समयमा २३० मेगावाट बिजुली आपूर्तिका लागि नेपालको भारतसँग अनुरोध

    चैत्र ७, काठमाडौँ – नेपाल सरकारले औद्योगिक क्षेत्रमा बिजुलीको अभाव सँगै सुख्खायामको समयमा २३० मेगावाट बिजुली आपूर्ति गर्न भारतसँग औपचारिक अनुरोध गरेको छ। ऊर्जा मन्त्रालयको आग्रहमा परराष्ट्र मन्त्रालयले भारतीय दूतावासमार्फत प्रस्ताव पठाएको हो। नेपालमा अहिले...बाँकी

    पूर्वराजाको शाही निशान प्रयोग: सांसद खतिवडाले सरकारसँग कारवाहीको माग गरे

    काठमाडौं, चैत्र ७ – पूर्वराजा ज्ञानेन्द्र शाहले हालै सार्वजनिक गरेको भिडियो सन्देशमा शाही निशान र श्री ५ महाराजधिराजको उल्लेख गरेको विषयमा विवाद उठेको छ। सत्तारुढ दल नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले यसलाई संविधानविपरीत बताउँदै सरकारसँग...बाँकी

    पाटन अस्पतालबाट बलात्कार आरोपित युवक फरार

    चैत्र ७, ललितपुर – बलात्कारको आरोपमा पक्राउ परेका १९ वर्षीय दीपक साउद पाटन अस्पतालको शौचालयबाट फरार भएका छन्। सातदोबाटो प्रहरी वृत्तका हिरासतमा रहेका साउदलाई बिरामी भएको कारण उपचारका लागि पाटन अस्पताल ल्याइएको थियो। बुधबार दिउँसो...बाँकी