News Portal

बाढी र पहिरोको प्रकोप: देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रुहरू अलपत्र

२३१ पटक

काठमाडौँ, साउन ६ – लगातारको अविरल वर्षाका कारण देशका विभिन्न स्थानहरूमा बाढी र पहिरोको समस्या चुलिँदै गएको छ। यसले गर्दा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका प्रमुख सडक र राजमार्गहरूमा आवागमन अवरुद्ध भएको छ। यात्रुहरू बाटोमै अलपत्र परेका छन् भने ढुवानी सेवा पनि ठप्प भएको छ।

नेपाल प्रहरीले मंगलवार बिहान ९ बजेसम्म दिएको अद्यावधिक विवरण अनुसार संखुवासभामा बाढीले कोशी राजमार्ग प्रभावित पारेको छ भने पाँचथर क्षेत्रमा आएको बाढीले मेची राजमार्ग र तमोर-कोरिडोर पूर्ण रूपमा बन्द बनाएको छ।

रसुवामा पहिरोले पासाङ ल्हामु राजमार्ग अवरुद्ध हुँदा सवारी आवागमन ठप्प छ। रुकुम पश्चिममा बाढीका कारण जाजरकोट–डोल्पा भेरी करिडोर बन्द भएको छ।

यस्तै, काठमाडौँको टोखा–नुवाकोट सडक खण्डमा वर्षाका कारण सवारीसाधन एकतर्फी मात्र सञ्चालन भइरहेको छ। बागलुङ र नवलपुरमा कालिगण्डकी करिडोरमा पहिरोले अवरोध गरेको छ भने रोल्पाको शहीद राजमार्ग पनि आंशिक रूपमा मात्र सञ्चालनमा आएको छ।

राजमार्गहरू बन्द हुँदा यात्रा गरिरहेका नागरिकहरू बीच बाटोमै रोकिएका छन्। दैनिक उपभोग्य सामग्रीको ढुवानीमा समेत गम्भीर असर परेको छ।

यसैबीच, नेपाल प्रहरीले यात्रा गर्नु अगाडि सम्बन्धित क्षेत्रको सडक अवस्था बारे जानकारी लिन र सम्भव भएसम्म अनावश्यक यात्रा टार्न नागरिकहरूलाई आग्रह गरेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २७ गतेको राशिफल

आज फागुन २७, २०८२ ( मार्च ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...