News Portal

  • बाढी र पहिरोको प्रकोप: देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रुहरू अलपत्र

    १३२ पटक

    काठमाडौँ, साउन ६ – लगातारको अविरल वर्षाका कारण देशका विभिन्न स्थानहरूमा बाढी र पहिरोको समस्या चुलिँदै गएको छ। यसले गर्दा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका प्रमुख सडक र राजमार्गहरूमा आवागमन अवरुद्ध भएको छ। यात्रुहरू बाटोमै अलपत्र परेका छन् भने ढुवानी सेवा पनि ठप्प भएको छ।

    नेपाल प्रहरीले मंगलवार बिहान ९ बजेसम्म दिएको अद्यावधिक विवरण अनुसार संखुवासभामा बाढीले कोशी राजमार्ग प्रभावित पारेको छ भने पाँचथर क्षेत्रमा आएको बाढीले मेची राजमार्ग र तमोर-कोरिडोर पूर्ण रूपमा बन्द बनाएको छ।

    रसुवामा पहिरोले पासाङ ल्हामु राजमार्ग अवरुद्ध हुँदा सवारी आवागमन ठप्प छ। रुकुम पश्चिममा बाढीका कारण जाजरकोट–डोल्पा भेरी करिडोर बन्द भएको छ।

    यस्तै, काठमाडौँको टोखा–नुवाकोट सडक खण्डमा वर्षाका कारण सवारीसाधन एकतर्फी मात्र सञ्चालन भइरहेको छ। बागलुङ र नवलपुरमा कालिगण्डकी करिडोरमा पहिरोले अवरोध गरेको छ भने रोल्पाको शहीद राजमार्ग पनि आंशिक रूपमा मात्र सञ्चालनमा आएको छ।

    राजमार्गहरू बन्द हुँदा यात्रा गरिरहेका नागरिकहरू बीच बाटोमै रोकिएका छन्। दैनिक उपभोग्य सामग्रीको ढुवानीमा समेत गम्भीर असर परेको छ।

    यसैबीच, नेपाल प्रहरीले यात्रा गर्नु अगाडि सम्बन्धित क्षेत्रको सडक अवस्था बारे जानकारी लिन र सम्भव भएसम्म अनावश्यक यात्रा टार्न नागरिकहरूलाई आग्रह गरेको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक ९ गतेको राशिफल

    आज कार्तिक ९, २०८२ (अक्टोबर २६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    कुवेतकाे माहबुलामा भिसा उल्लङ्घन गर्ने २६३ जना पक्राउ

    कुवेत –  उपप्रधानमन्त्री तथा आन्तरिक मन्त्री शेख फहद युसुफ साउद अल-सबाहको प्रत्यक्ष निगरानीमा र सार्वजनिक सुरक्षा...

    आज २०८२ साल कार्तिक ८ गतेको राशिफल

    आज कार्तिक ८, २०८२ (अक्टोबर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    माइतीघरमा जेनजी आन्दोलनका समर्थकहरूको प्रदर्शन, शहीदहरूको सम्झना

    काठमांडौं, कात्तिक ७ – जेनजी आन्दोलनका समर्थकहरूले माइतीघर मण्डलामा प्रदर्शन गर्दै शहीदहरूको बलिदान सम्झन र...

    आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको उपचारका क्रममा मृत्यु

    काठमाडौं, कात्तिक ७ – गायिका नितु पौडेलको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारका क्रममा शुक्रबार बिहान साढे...