News Portal

  • पपस्टार राजु लामाले ओसियानाको सर्वोच्च पहाड आरोहण, वातावरण संरक्षणको सन्देश दिए

    १५१ पटक

    काठमाडौं, कार्तिक १४ – पपस्टार तथा पर्वतारोही राजु लामाले इन्डोनेसियाको सर्वोच्च पहाड कार्सटेन्ज पिरामिड (पन्साक जया) आरोहण गरेका छन्। ४,८८४ मिटर अग्लो यो पहाड ‘सेभेन समिट्स’ मध्ये एक मानिन्छ र यहाँ स्थायी हिमनदी छन्, जसले जलवायु परिवर्तनको असर झल्काउँछन्।

    राजुले २२ अक्टोबरमा बिहान ७ बजेर ४० मिनेटमा चुचुरोमा पुगेर नेपालको राष्ट्रिय ध्वजा फर्फराएका थिए। उनले बौद्ध मन्त्र जप्दै आफ्नो आरोहणमा वातावरण संरक्षणको सन्देश दिएका छन्। साथै, संगीतप्रेमी र ‘मंगोलियन हार्ट’ परियोजनाका समर्थकहरूलाई सम्झँदै चाँडै नयाँ गीत सार्वजनिक गर्ने प्रतिबद्धता पनि जनाएका छन्।

    राजु लामाले केही वर्षअघि सगरमाथा आरोहण गरेका थिए र मुस्ताङ लगायत उच्च हिमाली क्षेत्रमा भोटे पिपलका विरुवा रोपिसकेका छन्। अहिले उनी ‘द भ्वाइस अफ नेपाल’ सिजन ७ मा व्यस्त छन् र पुनः शोमा फर्किएका छन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २८ गतेको राशिफल

    आज कार्तिक २८, २०८२ (नोभेम्बर १४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    गगन थापाको आत्मालोचना : “देउवालाई सभापति बन्न दिनु मेरो राजनीतिक भूल थियो”

    काठमाडौं, कार्तिक २७ — नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको १४औँ महाधिवेशनमा शेरबहादुर देउवालाई सभापति...

    रंगेलीमा दुई युवक लागूऔषधसहित पक्राउ

    मोरङ, कार्तिक २७ – रंगेली नगरपालिका–४ मा सशस्त्र प्रहरी बल बोर्डर आउटपोस्ट (बीओपी) ले लागूऔषधसहित...

    रवि लामिछाने र छविलाल जोशीको सहकारी ठगी मुद्दामा बहस सुरु

    बुटवल, कार्तिक २७ — सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...

    सुधन गुरुङको चेतावनी: ‘माग पूरा नभएसम्म चुनाव हुन दिन्नौं

    काठमाडौँ, कार्तिक २७ — “हाम्रो माग पूरा नभएसम्म चुनाव हुन दिन्नौं,” नेपालका संस्थापक भनेर चिनिने...