News Portal

पपस्टार राजु लामाले ओसियानाको सर्वोच्च पहाड आरोहण, वातावरण संरक्षणको सन्देश दिए

४५१ पटक

काठमाडौं, कार्तिक १४ – पपस्टार तथा पर्वतारोही राजु लामाले इन्डोनेसियाको सर्वोच्च पहाड कार्सटेन्ज पिरामिड (पन्साक जया) आरोहण गरेका छन्। ४,८८४ मिटर अग्लो यो पहाड ‘सेभेन समिट्स’ मध्ये एक मानिन्छ र यहाँ स्थायी हिमनदी छन्, जसले जलवायु परिवर्तनको असर झल्काउँछन्।

राजुले २२ अक्टोबरमा बिहान ७ बजेर ४० मिनेटमा चुचुरोमा पुगेर नेपालको राष्ट्रिय ध्वजा फर्फराएका थिए। उनले बौद्ध मन्त्र जप्दै आफ्नो आरोहणमा वातावरण संरक्षणको सन्देश दिएका छन्। साथै, संगीतप्रेमी र ‘मंगोलियन हार्ट’ परियोजनाका समर्थकहरूलाई सम्झँदै चाँडै नयाँ गीत सार्वजनिक गर्ने प्रतिबद्धता पनि जनाएका छन्।

राजु लामाले केही वर्षअघि सगरमाथा आरोहण गरेका थिए र मुस्ताङ लगायत उच्च हिमाली क्षेत्रमा भोटे पिपलका विरुवा रोपिसकेका छन्। अहिले उनी ‘द भ्वाइस अफ नेपाल’ सिजन ७ मा व्यस्त छन् र पुनः शोमा फर्किएका छन्।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...