News Portal

नेपालको वैदेशिक व्यापार २० खर्ब नाघ्यो, निर्यातमा ८१ प्रतिशतको ऐतिहासिक वृद्धि

२२६ पटक

काठमाडौं, साउन ६ – आर्थिक वर्ष २०८१/८२ मा नेपालको वैदेशिक व्यापार ऐतिहासिक रूपमै उकालो लागेको छ। भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार गत वर्षको एक वर्षमै देशले २० खर्ब ८१ अर्ब १५ करोड रुपैयाँभन्दा बढीको आयात–निर्यात कारोबार गरेको छ। अघिल्लो वर्षको तुलनामा यो कारोबार झण्डै १९.२४ प्रतिशतले बढेको देखिएको छ।

आयात बढ्दै, निर्यात झनै तीव्र गतीमा

गत आर्थिक वर्षमा नेपालले १८ खर्ब ४ अर्ब १२ करोड रुपैयाँभन्दा बढीको वस्तुहरू आयात गरेको छ। अघिल्लो वर्षको तुलनामा यो १३.२५ प्रतिशतले बढी हो। अघिल्लो आवमा १५ खर्ब ९२ अर्ब ९८ करोड रुपैयाँको आयात भएको थियो।

उता निर्याततर्फ भने झनै आशाजनक तस्वीर देखिएको छ। यस वर्ष २ खर्ब ७७ अर्ब ३ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा विदेश पठाइएको छ, जुन अघिल्लो वर्षको तुलनामा ८१.८० प्रतिशतले धेरै हो। त्यो बेला नेपालले जम्मा १ खर्ब ५२ अर्ब ३८ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात गरेको थियो।

व्यापार घाटा अझै गहिरिँदै

निर्यातको वृद्धिदर उच्च देखिए पनि नेपाल अझै व्यापार घाटामै डुबिरहेको देखिएको छ। वर्षभरिमा नेपालले १५ खर्ब २७ अर्ब ९ करोड रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ। अघिल्लो आवको सोही अवधिमा यो घाटा १४ खर्ब ४० अर्ब ६० करोड रुपैयाँ थियो। यस आधारमा चालु वर्षको घाटा झण्डै ६ प्रतिशतले बढेको पुष्टि भएको छ।

दीर्घकालीन रणनीति आवश्यक

निर्यात वृद्धिलाई अर्थतन्त्रको सन्दर्भमा सकारात्मक सूचकको रूपमा लिइए पनि समग्र व्यापार घाटा घट्न नसक्नुले दीर्घकालीन रणनीतिक हस्तक्षेप आवश्यक रहेको संकेत गरेको छ। निर्यात वृद्धिका लागि नीतिगत सहजीकरण, उत्पादन क्षमताको विस्तार, नयाँ बजारको खोजी र मूल्य अभिवृद्धि गर्न सक्ने पूर्वाधार निर्माण अपरिहार्य देखिन्छ।

अर्थ विश्लेषकहरूको धारणा अनुसार निर्यात वृद्धि स्वागतयोग्य भए पनि जबसम्म आयातको दर घटाइँदैन, तबसम्म व्यापार सन्तुलनको लक्ष्य हासिल गर्न सकिँदैन।

प्रतिकृया दिनुहोस्

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...

बालेनलाई संसदीय दलको नेता बनाउन रास्वपाले विधान सच्याउनुपर्ने

काठमाडौं, फागुन २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको...

मध्यपूर्व तनावको असर : भारततर्फ आउँदै गरेको जहाजमा आक्रमण, तेल मूल्य उकालो

काठमाडौँ : विश्वकै सबैभन्दा व्यस्त समुद्री मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा बुधबार भएका शृंखलाबद्ध आक्रमणमध्ये...

आज २०८२ साल फागुन २८ गतेको राशिफल

आज फागुन २८, २०८२ ( मार्च १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...