News Portal

  • नेपालको वैदेशिक व्यापार २० खर्ब नाघ्यो, निर्यातमा ८१ प्रतिशतको ऐतिहासिक वृद्धि

    १६३ पटक

    काठमाडौं, साउन ६ – आर्थिक वर्ष २०८१/८२ मा नेपालको वैदेशिक व्यापार ऐतिहासिक रूपमै उकालो लागेको छ। भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार गत वर्षको एक वर्षमै देशले २० खर्ब ८१ अर्ब १५ करोड रुपैयाँभन्दा बढीको आयात–निर्यात कारोबार गरेको छ। अघिल्लो वर्षको तुलनामा यो कारोबार झण्डै १९.२४ प्रतिशतले बढेको देखिएको छ।

    आयात बढ्दै, निर्यात झनै तीव्र गतीमा

    गत आर्थिक वर्षमा नेपालले १८ खर्ब ४ अर्ब १२ करोड रुपैयाँभन्दा बढीको वस्तुहरू आयात गरेको छ। अघिल्लो वर्षको तुलनामा यो १३.२५ प्रतिशतले बढी हो। अघिल्लो आवमा १५ खर्ब ९२ अर्ब ९८ करोड रुपैयाँको आयात भएको थियो।

    उता निर्याततर्फ भने झनै आशाजनक तस्वीर देखिएको छ। यस वर्ष २ खर्ब ७७ अर्ब ३ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा विदेश पठाइएको छ, जुन अघिल्लो वर्षको तुलनामा ८१.८० प्रतिशतले धेरै हो। त्यो बेला नेपालले जम्मा १ खर्ब ५२ अर्ब ३८ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात गरेको थियो।

    व्यापार घाटा अझै गहिरिँदै

    निर्यातको वृद्धिदर उच्च देखिए पनि नेपाल अझै व्यापार घाटामै डुबिरहेको देखिएको छ। वर्षभरिमा नेपालले १५ खर्ब २७ अर्ब ९ करोड रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ। अघिल्लो आवको सोही अवधिमा यो घाटा १४ खर्ब ४० अर्ब ६० करोड रुपैयाँ थियो। यस आधारमा चालु वर्षको घाटा झण्डै ६ प्रतिशतले बढेको पुष्टि भएको छ।

    दीर्घकालीन रणनीति आवश्यक

    निर्यात वृद्धिलाई अर्थतन्त्रको सन्दर्भमा सकारात्मक सूचकको रूपमा लिइए पनि समग्र व्यापार घाटा घट्न नसक्नुले दीर्घकालीन रणनीतिक हस्तक्षेप आवश्यक रहेको संकेत गरेको छ। निर्यात वृद्धिका लागि नीतिगत सहजीकरण, उत्पादन क्षमताको विस्तार, नयाँ बजारको खोजी र मूल्य अभिवृद्धि गर्न सक्ने पूर्वाधार निर्माण अपरिहार्य देखिन्छ।

    अर्थ विश्लेषकहरूको धारणा अनुसार निर्यात वृद्धि स्वागतयोग्य भए पनि जबसम्म आयातको दर घटाइँदैन, तबसम्म व्यापार सन्तुलनको लक्ष्य हासिल गर्न सकिँदैन।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक १८ गतेको राशिफल

    आज कार्तिक १८, २०८२ (नोभेम्बर ४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    हितेन्द्रदेव शाक्य सर्वोच्च अदालतमा गए, सरुवा निर्णयविरुद्ध रिट दायर

    काठमाडौं, कार्तिक १७  – नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफ्नो सरुवा निर्णयविरुद्ध...

    काठमाडौंमा लत्रिएका तार व्यवस्थापन सुरु

    काठमाडौं, १७ कार्तिक — काठमाडौं महानगरपालिकाले शहरका विभिन्न स्थानमा लत्रिएका तार व्यवस्थापन गर्न काम सुरु...

    मोबाइलको लतमा फसेका युवालाई गलत तत्वले प्रयोग गरेको पोखरेलको दाबी

    काठमाडौं, १७ कात्तिक — नेकपा एमालेका महासचिव शंकर पोखरेलले पछिल्लो समय मोबाइलको अत्यधिक प्रयोगमा रमाउने...

    युके पठाइदिन्छु भन्दै ४२ लाख ठगी गर्ने युवक पक्राउ

    काठमाडौँ, कार्तिक १७ – वैदेशिक रोजगारीका नाममा ठगी गर्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।...