News Portal

कैलालीमा दुई भारतीय नागरिक पक्राउ, २८ लाख रुपैयाँ बरामद

२३१ पटक

कैलाली, कार्तिक १७ – स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित दुई भारतीय नागरिक कैलालीमा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले विशेष सूचनाका आधारमा धनगढी उप–महानगरपालिका–३, मिलनचोकबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरू भारतको लखिमपुर खिरी, पलिया निवासी २७ वर्षीय हरचित गुप्ता र २९ वर्षीय सागर गुप्ता रहेको प्रहरीको भनाइ छ। प्रहरीले उनीहरू सवार यूपी ३१ सीएन ११७५ नम्बरको भारतीय कारबाट २८ लाख तीन सय ५० रुपैयाँ नगद फेला पारेको जनाएको छ।

कैलालीका प्रहरी नायब उपरीक्षक राजकुमार सिंहका अनुसार रकमको स्रोतबारे सोधपुछ भइरहेको र दुवैलाई आवश्यक अनुसन्धानका लागि हिरासतमा राखिएको छ। प्रहरीले बरामद गरिएको नगद र कार समेत नियन्त्रणमा लिएर थप कारबाही अघि बढाएको जनाएको छ।

प्रतिकृया दिनुहोस्

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...