News Portal

कैलालीमा दुई भारतीय नागरिक पक्राउ, २८ लाख रुपैयाँ बरामद

१३८ पटक

कैलाली, कार्तिक १७ – स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित दुई भारतीय नागरिक कैलालीमा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले विशेष सूचनाका आधारमा धनगढी उप–महानगरपालिका–३, मिलनचोकबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरू भारतको लखिमपुर खिरी, पलिया निवासी २७ वर्षीय हरचित गुप्ता र २९ वर्षीय सागर गुप्ता रहेको प्रहरीको भनाइ छ। प्रहरीले उनीहरू सवार यूपी ३१ सीएन ११७५ नम्बरको भारतीय कारबाट २८ लाख तीन सय ५० रुपैयाँ नगद फेला पारेको जनाएको छ।

कैलालीका प्रहरी नायब उपरीक्षक राजकुमार सिंहका अनुसार रकमको स्रोतबारे सोधपुछ भइरहेको र दुवैलाई आवश्यक अनुसन्धानका लागि हिरासतमा राखिएको छ। प्रहरीले बरामद गरिएको नगद र कार समेत नियन्त्रणमा लिएर थप कारबाही अघि बढाएको जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...