News Portal

युके पठाइदिन्छु भन्दै ४२ लाख ठगी गर्ने युवक पक्राउ

१३२ पटक

काठमाडौँ, कार्तिक १७ – वैदेशिक रोजगारीका नाममा ठगी गर्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। भक्तपुर मध्यपुर थिमि–१ बस्ने ३१ वर्षीय राहुल पुन्जले आकर्षक तलबको प्रलोभन देखाई युके पठाइदिन्छु भन्दै एक व्यक्तिसँग ४२ लाख रुपैयाँ लिएका थिए। रकम लिएपछि उनी सम्पर्कविहीन बनेका थिए।

घटनाबारे उजुरी परेपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले उनलाई काठमाडौँ महानगरपालिका–११ बाट पक्राउ गरेको हो।

प्रहरीले पुन्जलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग, ताहाचलमा बुझाएको जनाएको छ। प्रारम्भिक अनुसन्धान अनुसार उनले वैदेशिक रोजगारीका नाममा ठगी गर्दै आएका थिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...