News Portal

हितेन्द्रदेव शाक्य सर्वोच्च अदालतमा गए, सरुवा निर्णयविरुद्ध रिट दायर

२९३ पटक

काठमाडौं, कार्तिक १७  – नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफ्नो सरुवा निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।

अघिल्लो सरकारले चार वर्षका लागि कार्यकारी निर्देशक नियुक्त गरेका शाक्यलाई नयाँ सरकारका ऊर्जा मन्त्री कुलमान घिसिङले जल तथा ऊर्जा आयोगमा विशिष्ट श्रेणीको विशेषज्ञ पदमा सरुवा गरेका थिए। शाक्यले आफ्नो सरुवामा सुनुवाइको मौका नदिइएको भन्दै न्यायको माग गर्दै अदालत पुगेको बताइएको छ।

आन्दोलनका दिनमा प्राधिकरणको प्रतिनिधित्व गर्दै विदेशमा रहेका शाक्यले नेपाल फर्किएपछि सरकारले तोकेको निर्देशन अनुसार काम गर्ने प्रतिबद्धता जनाएका थिए। यसैबीच आन्दोलनको समयमा उनका घरमा आगजनीसमेत भएको थियो।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...