News Portal

मोबाइलको लतमा फसेका युवालाई गलत तत्वले प्रयोग गरेको पोखरेलको दाबी

११८ पटक

काठमाडौं, १७ कात्तिक — नेकपा एमालेका महासचिव शंकर पोखरेलले पछिल्लो समय मोबाइलको अत्यधिक प्रयोगमा रमाउने युवाहरूलाई केही गलत समूहहरूले आफ्नो स्वार्थका लागि प्रयोग गरेको बताएका छन्।

प्रेस चौतारी नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले भदौ २३ र २४ गतेको आन्दोलनमा देखिएको युवाको सहभागिता योजनाबद्ध रूपमा भडकाइएको बताए। उनका अनुसार, मोबाइल र प्रविधिप्रतिको अत्यधिक आकर्षणले युवापुस्ता सजिलै प्रभावित हुने अवस्थामा पुगेका छन्।

“आजका युवाले भात र परिवार छोड्न सक्छन् तर मोबाइल छोड्न सक्दैनन्। यही कमजोरीलाई गलत तत्वले प्रयोग गरेको स्पष्ट देखिन्छ,” पोखरेलले भने।

उनले जेनजी युवाले अघि सारेका मागहरू अनुचित नभएको बताए तर ती मागहरू औपचारिक रूपमा सरकारसमक्ष प्रस्तुत नै नभएको उल्लेख गरे। “सरकारले ती माग बुझ्न र सम्बोधन गर्न सक्थ्यो, तर आन्दोलनको नेतृत्व कसले गरिरहेको हो भन्ने कुरा नै स्पष्ट थिएन,” उनले थपे।

त्यस्तै, पोखरेलले तत्कालीन सरकारले युवाको मागमा बेवास्ता गरेको भन्ने प्रचारलाई असत्य र उद्देश्यप्रेरित बताउँदै केही पक्षहरूले आफ्नो स्वार्थका लागि घटनालाई बढाइचढाइ गरिएको टिप्पणी गरे।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...