News Portal

मोबाइलको लतमा फसेका युवालाई गलत तत्वले प्रयोग गरेको पोखरेलको दाबी

१९५ पटक

काठमाडौं, १७ कात्तिक — नेकपा एमालेका महासचिव शंकर पोखरेलले पछिल्लो समय मोबाइलको अत्यधिक प्रयोगमा रमाउने युवाहरूलाई केही गलत समूहहरूले आफ्नो स्वार्थका लागि प्रयोग गरेको बताएका छन्।

प्रेस चौतारी नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले भदौ २३ र २४ गतेको आन्दोलनमा देखिएको युवाको सहभागिता योजनाबद्ध रूपमा भडकाइएको बताए। उनका अनुसार, मोबाइल र प्रविधिप्रतिको अत्यधिक आकर्षणले युवापुस्ता सजिलै प्रभावित हुने अवस्थामा पुगेका छन्।

“आजका युवाले भात र परिवार छोड्न सक्छन् तर मोबाइल छोड्न सक्दैनन्। यही कमजोरीलाई गलत तत्वले प्रयोग गरेको स्पष्ट देखिन्छ,” पोखरेलले भने।

उनले जेनजी युवाले अघि सारेका मागहरू अनुचित नभएको बताए तर ती मागहरू औपचारिक रूपमा सरकारसमक्ष प्रस्तुत नै नभएको उल्लेख गरे। “सरकारले ती माग बुझ्न र सम्बोधन गर्न सक्थ्यो, तर आन्दोलनको नेतृत्व कसले गरिरहेको हो भन्ने कुरा नै स्पष्ट थिएन,” उनले थपे।

त्यस्तै, पोखरेलले तत्कालीन सरकारले युवाको मागमा बेवास्ता गरेको भन्ने प्रचारलाई असत्य र उद्देश्यप्रेरित बताउँदै केही पक्षहरूले आफ्नो स्वार्थका लागि घटनालाई बढाइचढाइ गरिएको टिप्पणी गरे।

प्रतिकृया दिनुहोस्

खाडी मुलुकमा अफवाह फैलाएको आरोपमा सात नेपाली पक्राउ

काठमाडौं, चैत ६ – सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा खाडी मुलुकहरूमा सात नेपाली पक्राउ परेका...

गगन थापाको राजीनामा अस्वीकृत गर्न विश्वप्रकाशका ७ आधार

काठमाडौं, चैत ६ — नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाले दिएको राजीनामा अस्वीकृत...

दूतावासको निर्णयमा नयाँ दल मौन : श्रमिक अधिकारप्रति प्रश्न -विजय खत्री

काठमाडौँ – कुवेतस्थित नेपाली दूतावासले सामाजिक सञ्जालमार्फत श्रमिकहरूले आफ्ना गुनाेसा राख्न पाउने अधिकार सीमित गर्ने...

आज २०८२ साल चैत ६ गतेको राशिफल

आज चैत ६, २०८२ ( मार्च २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अवैध बालुवा उत्खनन रोक्न सांसद आशिका तामाङको निर्देशन, धादिङका स्थानीय तहद्वारा कडा प्रतिवाद

काठमाडौं, -धादिङ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले जिल्लामा भइरहेको अवैध बालुवा...