News Portal

नेपाल खेलकुद महासंघ समाजवादीद्वारा वाम एकता निर्णयप्रति स्वागत

५२५ पटक

काठमाडौं, — नेपाल खेलकुद महासंघ समाजवादीले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को तेस्रो पूर्ण बैठकले गरेको वाम एकता सम्बन्धी निर्णयप्रति हार्दिक स्वागत जनाएको छ। महासंघले आईतवबर  जारी गरेको प्रेस विज्ञप्तिमा पार्टीको मार्गदर्शक सिद्धान्त, रणनीतिक लक्ष्य र आगामी राजनीतिक दिशाप्रति पूर्ण समर्थन जनाएको हो।

विज्ञप्तिमा भनिएको छ, “हाम्रो गौरवशाली पार्टी नेकपा (एकीकृत समाजवादी) को तेस्रो पूर्ण बैठकले मार्क्सवाद–लेनिनवादलाई मार्गदर्शक सिद्धान्त, वैज्ञानिक समाजवादलाई रणनीतिक लक्ष्य, र नेपाली विशेषताको समाजवादी कार्यदिशा अंगाल्ने निर्णय गरेको छ। यस निर्णयप्रति हामी हार्दिक समर्थन र स्वागत गर्दछौं।”याविरुद्ध भ्रम फैलाउने प्रयास गरिरहेको भन्दै कोही पनि भ्रमित नहुन र पार्टीको आधिकारिक निर्णयको पक्षमा दृढ रहन आग्रह गरिएको छ।

विज्ञप्तिमा अन्त्यमा भनिएको छ, “नेपाल खेलकुद महासंघ समाजवादीको सिंगो कमिटी एकता प्रक्रियामा दृढ रूपमा उभिनेछ र समाजवादको यात्रालाई अझ सुदृढ बनाउने संकल्प व्यक्त गर्दछ।”

महासंघले नेकपा (माओवादी केन्द्र), विप्लव समूहबाट पुनर्गठित नेकपा, नेपाल समाजवादी पार्टी, नेकपा (समाजवादी), जनसमाजवादी पार्टीलगायत वाम घटकहरूबीच एकता प्रक्रियालाई ऐतिहासिक कदमका रूपमा स्वागत गरेको छ। विज्ञप्तिमा भनिएको छ, “यो एकता प्रक्रियाले नेपालको कम्युनिष्ट आन्दोलनलाई एकीकृत र सुदृढ बनाउने महत्वपूर्ण माइलस्टोन सावित हुनेछ।”

महासंघले आफ्ना सम्पूर्ण संरचना, मातहतका समिति र आवद्ध खेलकर्मी कमरेडहरूलाई पार्टीको निर्णयअनुसार एकता प्रक्रियामा सक्रिय रूपमा सहभागी हुन पनि आह्वान गरेको छ। साथै कतिपय नेताहरूले एकता प्रकृया भाँड्ने ढंगले गलत प्रचार गरिरहेकाले कोही पनि भ्रमित नहुन र सिंगो पङ्क्तिलाई पार्टीले गरेको निर्णयको पक्षमा दृढतापूर्वक उभिन र एकता विरोधी गतिविधि नगर्न पनि हार्दिक आह्वान गरेकाे छ।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...