News Portal

‘पहिला देश’ अभियान अन्तर्गत माइतीघरमा प्रदर्शन र प्रहरी हस्तक्षेप

३२२ पटक

काठमाडौं, कार्तिक १६ – डा. निकोलस भुसालले आह्वान गरेको प्रदर्शनमा सहभागी केही प्रदर्शनकारीहरुलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले अहिलेसम्म तीन जनालाई नियन्त्रणमा लिएर भ्यानमा राखेको जनाएको छ।

भुसालले सरकारविरुद्ध विरोध स्वरूप माइतीघर मण्डलामा दुई बजे भेला हुन आह्वान गरेका थिए। प्रहरीले प्रदर्शनकारीहरुलाई नियन्त्रणमा लिन थालेपछि अन्य सहभागीहरुमा डर र तनाव देखा परेको थियो। केहीले सरकारविरुद्ध नारा पनि लगाएका थिए।

‘पहिला देश’ अभियान अन्तर्गत जेनजीका विभिन्न समूहले सरकारले उठाइएका मागहरू पुरा नगरेको भन्दै शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने योजना बनाएका थिए। उनीहरूले भ्रष्टाचारको अनुसन्धान, हत्यारामाथि कारबाही, संविधान संशोधन, प्रदेश सरकार खारेज, साथै लघु वित्त, बैंक, मिटरब्याजी र सहकारी पीडितको समस्याहरू समाधान गर्न दबाब दिने उद्देश्य राखेका थिए।

प्रदर्शनको खबर पाएपछि बिहानैदेखि माइतीघर क्षेत्रमा सुरक्षा बल परिचालित गरिएको थियो।

प्रतिकृया दिनुहोस्

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...